1 नम्बर प्रदेशलाई ” किराँत प्रदेश ” नामकरण गरिनू पर्छ


च्वाइस किराँती
” किराँत” संसारमा निकै नै महत्त्वपूर्ण एउटा सभ्यता हो। दर्शन हो विज्ञान हो किराँत आफै इतिहास हो भूमी थाक थलो अथवा भूगोल हो । यो भगोल भित्र बिभिन्न जाति छन् भाषा,धर्म संकार छ, यो सबैको समष्टिगत यैउटै शब्द हो किराँत । अन्य जाति वर्गहरूको ईतिहास र किराँत इतिहासलाई दाजेर हेर्दा प्राय: शून्य निती अबलम्बन गरेको पाईन्छ । यही एक किसिमको शून्य नितिको कारण किराँती विगत इतिहासदेखी अहिलेसम्म हेर्ने हो भने विभिन्न विस्तारवादि वर्ग समूदायहरको चारैतिरवाट आक्रमणको समना गरि रहेको छ ।

पञ्चायत व्यवस्था रहँदासम्म पनि नेपालमा किराती बसोवास गर्ने भेगलाई किरात प्रदेश नै लेखाउने चलन थियो । किराती बसोवास भएको पुर्वी भेग एक प्रकारको किरात प्रदेश नै थियो । रामेछाप, दोलखातिरका सबैखाले कागजपत्र तथा मुद्दामा दुई नम्बर, वल्लो किरात प्रदेश भनेर उल्लेख नगरी हुँदैन थियो । त्यसैगरी खोटाङतिर तीन नम्बर माझ किरात भनेर उल्लेख हुनैपथ्र्यो । पाँचथरतिर पल्लो किरात भनेर उल्लेख गर्ने चलन थियो । यी सबै क्षेत्र पृथ्वीनारायण शाहले विभाजित गरेका हुन् यो विभाजन गर्नू पनि किराती सून्य निति मथिको विस्तारवादी पछिल्लो आक्रमण मान्न सकिन्छ। यसरि वीभाजन गर्नु अगाडी सबै क्षेत्रलाई एउटै किराँत मत्र भन्ने गरिन्थ्यो । तर पछि वल्लो किरात, माझ किराँत, पल्लो किराँत भयो र यही नामबट पञ्चायती ब्यवस्थासम्म लागू भयो ।

यसो हेर्दा यहाँका सासकहरूले राज्य संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न सकियोस् भन्ने निति अबलम्वन गरेको जस्तो देखिये पनि वास्तवमा यहाका सासक वर्गको विस्तारवादि नितीलाई हावि गराउने एउटा कूटिल चाल थियो। अन्तत सफल भयो। धेरै पुरानो पनि हैन । दस्तावेज खोजी गर्दा फेला पर्ने र साक्षीस्वरुप लेखापढी गर्नेहरु पनि आम समजमा आजसम्म प्रशस्त पाइन्छन् । तर २०४८ सालको प्रजातन्त्रको संविधानसँगै उल्लेखित किरात पहिचान भएका ठेगानाका नामहरु हटाउने मेटाउने कामलाइ झनै तिव्रता दिएको पाइन्छ । प्रजातन्त्र आइसकेपछि पनि विभिन्न ठाउँको नामाकरण गर्ने काम भएका छन् । उदाहरणका लागि जस्तो खोटाङको दोर्पालाई चिउरिडाँडा, सोलुखुम्बुको नुम्बुर हिमाल तथा ताललाई दुधकुण्ड नामाकरण गर्ने काम भयो । गणतन्त्र आएपछि दुधकुण्ड भन्ने नामलाई अझ दस्तावेजीकरण गर्ने काम गरेर त्यहाको ऐतिहासिकतालाई मेट्ने, नष्ट पार्ने काम भयो ।

यि त थोरै उदाहरण मात्र हून् यस्ता कयौ उदाहरण छन्। अव हाल वचेको किराँत सभ्यता,इतिहास,पहीचान, अस्तित्व,भूगोल,जाति,धर्म,संकारलाई संरक्षण सम्वर्धन तथा सम्मान गर्ने हो भने विभिन्नखाले एतीहासीक विभेदको घाउहरू पूरेर जाने हो भने 10 वर्षे जनयूद्द बिभिन्न आनदोलनहरूको मर्मलाई समेट्ने हो भने साच्चीकै राज्यले अबलम्वन गरेको समावेसी समानताको एजेण्डालाई पूर्णता दिने हो भने 1 नम्बर प्रदेशलाई ” किराँत प्रदेश ” घोसणा गरिनू पर्छ। “किराँत प्रदेश”
नामकरण गरिनू पर्छ ।
“किराँत” सबैको साझा सभ्यता हो भूगोल हो संकार हो अस्तित्व हो किराँत कूनै पनि एक जातीको पेवा होइन। सबै जाति धर्म संकारको सझा पहीचान हो। जातले व्राम्मण ,क्षेत्री ,शेर्पा ,राई ,लिम्बु, दलित हून सक्छ धर्म संस्कार फरक हून सक्छ तर हामी सबैको सझा भूगोल किराँत हो । साझा सभ्यता किराँत हो। सझा पहीचान किराँत हो।

नेपाल आदिवासी जनजाति महासंघ
ख्वांजू, दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...