चीनमा १४ जना कोरियन जुवाडे पक्राउ
रोशन राई
सोल- चीनीया अधिकारीहरुले १४ जना कोरियन जुवाडेहरुलाई प्रक्राउ गरेका छन् । चीनको मुख्य भूमिमा बिदेशिहरुको लागी मात्र खुलेका क्यासिनोमा चीनियाँ नागरिकहरुलाई जुवा खेलाईएको आरोपमा उनीहरु पक्राउ परेको कोरियन संचार माध्यमहरुले जनाएका छन् ।
बुधवार पक्राउ परेका उनीहरुले बिदेशी मुद्रा नियम उल्लंघन गरेको र क्यासिनोमा चीनियाँ नागरिकहरुलाई संलग्न गराई जुवा खेलाएको आरोप छ । तर यसबारे चीनस्थित कोरियन दुताबासलाई आधिकारिक रुपमा जानकारी नभएको दुताबासले जनाएको छ |
यन्ह्यप समाचार समितिका अनुसार पक्राउ पर्ने मध्ये त्यहाँस्थित कोरियन कम्पनीहरु ग्राण्ड कोरिया लिजर कम्पनी र प्याराडाइज कम्पनीका कर्मचारीहरु बढी परेका छन् | त्यस्तै गिरफ्तारमा कोरियाको टप दुईभित्र पर्ने क्यासिनो संचालकहरु र ट्राभल्स एजेन्सीका कर्मचारी परेका छन् |