महिला दिवसको अवसरमा कोरियामा “मि टु आन्दोलन” को सुनामी
मञ्जु गुरुइ०
सोल
हाल यौन हिंसाका शिकार बनेका महिलाहरु एक अर्कामा साथ दिन ” मि टु ” र “विथ यु “अर्थात म पनि तिम्रो साथ … भन्ने नाराका साथ मिटुु आन्दोलनको रुपमा विश्वव्यापी बनिरहेको छ । अमेरिकाबाट शुरु भएको यो लहरले दक्षिण कोरियामा भने सुनामीको रुप लिइसकेको छ ।
भोली अर्थात मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस हो । साता व्यापी रुपमा मनाउने महिला दिवसको शुरुवातीमै कोरियामा मि टु आन्दोलनले धेरै बाढी ल्याइसकेको छ । सरकार र सत्ताधारी राजनीतिक दलमा पहिरो गइसकेको छ । कोरियाका कला साहित्यदेखि शिक्षा ,धर्म र कानुनी क्षेत्र कुनै पनि मि टु आन्दोलनबाट अछुतो बनेको छैन् ।
दुई दिन अघि कोरियाका छुइ०छइ० नाम्दोका भर्गनर तथा आगामी राष्ट्रपतिका दावेदार आन हे जुगंलाई मि टु आन्दोलनले बगाएको छ । उनलाई यौन हिंसाको आरोपमा पार्टी र सरकारबाट निस्कासन गरिएको छ । उनलाई आप्mनै स्वकिय सचिव महिला कर्मचारी किम जि उनले आठ महिनाभित्र चार पटक यौन हिंसा गरेको आरोप लागाएको छ । मि टु आन्दोलनकै क्रममा किम जिले टेलिभिजनमा आप्mनो भनाइ राखेको एक घण्टा भित्र सरकारमा रहेका डेमोक्रेटिक पार्टीले आपतकालिन बैठक बसी उनलाई पार्टीबाट निस्कासन गरेको छ । त्यसको २ घण्टा भित्र उनले फेसबुकमा आफ्नो गल्ती स्विकारदै माफी मागेर राजीनामा दिएका छन् ।
दिउसो एक कार्यक्रममा मि टु आन्दोललाई आफ्नो समर्थन रहेको भाषण गरेका पूर्व गर्भनर आनलाई साँझ सोही आन्दोलनले निलेको छ । फेसबुकमा सबैलाई माफि मागी राजीनामा लेखेर उनी सम्पर्क विहिन बनेका छन् । उनको घरका झयाल फुटाएर नागरिकले आक्रोस पोखेका छन् । सोही स्थानमा आगामी चुनावमा गर्भनरको उम्मेदारी दिने तयारीमा रहेका उनकै घनिष्ट एक मित्र सो घटना पछि राजनीतिक गगिविधीबाट टाडा बस्ने निधो गरेका छन् ।
त्यस्तै एक दिन अघि मात्र डेमोक्रेटिक पार्टीकै एक लोकप्रिय नेता जंग बोइ० जु पनि मि टु आन्दोलनको शिकार बनेका छन् । उनी आगामी स्थानिय चुनावमा सउलको मेयरमा उम्मेदारी दिने तयारीमा थिए । सोहीबारे पत्रकार सम्मेलन गर्न लागेको बेला उनीमाथि यौन दुरव्यहारको आरोप सार्वजनिक भएपछि पत्रकार सम्मेलन स्थगन गर्न परेको थियो ।
विश्व शान्ति पुरस्कार नोबेल पुरस्कारका लागि पटक पटक सिफारिसमा परेका प्रशिद्ध कोरियन कवि को उन पनि मि टु आन्दोलनको शिकार बन्नु अर्को आश्चार्य बनेको छ । मि टु आन्दोलले जुठिएपछि कोरियन विद्यालयका पाठ्य पुस्तकमा रहेका कवि खोका ११ वटा कवितालाई हटाउने भएका छन् ।
त्यस्तै गरी अभिनेत्रीहरु टेलिभिजनमा आएर आपूm माथि यौन हिंसा भएको भनाइ राख्न थालेपछि अन्तराष्ट्रिय पुरस्कारबाट प्राप्त गरेका प्रख्यात चलचिमत्र निर्देशक किम घि दकले सार्वजनिकरुपमा माफि मागेका थिए । त्यसैगरी मोडलिइ० र रंगमञ्च क्षेत्रमा पनि यस्ता घटना सार्वजनिक हुन थालेपछि यस क्षेत्रका कति कार्यलयहरु नै बन्द भएका छन् । चर्चका पाष्टरहरुदेखि विभिन्न क्षत्रेका हाकिमहरुले गरेको यौन दुरव्यहारका घटनाहरु सार्वजनिक हुनेक्रम पनि जारी नै छन् ।
त्यस्तै वकिल र प्राध्यपकमाथि पनि यौन दुरव्यहारका आरोपहरु सार्वजनिक हुनेक्रम जारी छ । विद्यालय स्तरका विद्यार्थिहरु पनि मि टु भन्दै निस्कन थालेका छन् । त्यसैले अब महिलाहरुमाथि हुने यौन हिंसाका घटनाहरुलाई दर्ता गराउन कोरियामा ७५ ठाउँमा सेल्टरहरु सस्थापना गरिने र विद्यालयमा पनि उजुरी गर्ने ठाउँ स्थापना गरिने महिला अधिकारकर्मीहरुले बताएका छन् ।
समाजीक कार्यकर्ता ताराना बर्क र अभिनेत्री एलिसा मिलानोद्धारा शुरुवात गरिएको मि टु आन्दोलनलाई कोरियामा भने अधिवक्ता सि जि ह्याइ०माथि भएको यौन हिंसाको घटनाबाट गत वर्षबाट शुरु भएको मानिन्छ । सन २०१० मा आप्mनै हाकिमबाट यौन हिंसाको शिकार भएकी अधिवक्ताको उजुरीलाई तत्कालिन सुनुवाई नगरी उल्टै पीडित महिलालाई नै आलोचना गर्दै दुर्गम स्थानको मस्त्य खेतीमा पठाएका थिए ।
यसरी नै विगतमा खुल्न नसकेका यौन हिंसाका पीडाहरु मि टु आन्दोलनमा सार्वजनिक हुन थालेका छन् । त्यसैले हाल कोरियामा कहिले बम जस्तै विस्फोट हुने हो भन्नेमा कतिपय उच्च तहमा रहेका पुरुषहरु त्राहीमम बनेका छन् । साथै संसदमा समेत खैला बैला बनेका छन् । पुरुष प्रधान देश कोरियामा महिला अधिकार स्थापना गर्न उचित मौकाको रुपमा सदुपयोग गर्न महिला अधिकारकर्मीहरु अग्रसर छन् ।
महिला दिवसको सन्दर्भमा महिलाका विभिन्न पीडालाई उजागर गर्ने र समाधानको उपाय खोज्न महिला अधिकारर्मीहरुको लागि यो सुवर्ण अवसर बनेको छ । विषेश गरी सधै छायामा रहने तर धेरै महिलाले भोग्नु परेको यौना दुरव्यहारका पीडालाई बाहिर निकल्न भने यसपालीको महिला दिवसमा मि टु आन्दोलनले उर्वर बनाएको छ ।