अब मलेसियाले नेपाली नभई बंगलादेशी कामदार ल्याउने
फोनिजकोरिया संवाददाता
मलेसिया – नेपाल सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार ल्याउने भएको छ । यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेका थिए ।
श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि मलेसियाको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ ।