जन्मजात सबै सदस्य अपांग भएका परिवारलाई कोरियामा सहयोग अभियान


सोल

गोर्खा जिल्लाको याइ०दी गाउँ निवासी जन्मजात सबै सदस्य अपांग रहेका एक गरिब परिवारलाई सहयोग गर्न कोरियामा गुनराज न्यौपानेले आर्थिक सहयोग संकलन शुरु गरेका छन् ।

गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङदी गाउँ निवासी हुन ती परिवार । ९० बर्षिय दल बहादुर भुजेलको परिवार दैनिक कष्ठपूर्ण जिवन यापन गर्दै आइरहेका छन् । परिवारमा भएका २ छोरा र १ छोरी समेत जन्मजात अपांग भएपछि भुजेल परिवारमा झनै दुःख थपिएको छ ।

जेठा छोरा राम बहादुर भुजेल र छोरी देवीमाया भुजेल हिडडुल गर्न सक्दैन घिस्रेरै घर भित्र बाहिर गर्छन् । कान्छा छोरा चंख बहादुर लौरोको सहारामा यता उता हिड्ढुल मात्र गर्न सक्छन् । घर भित्रका काम गर्न समेत भुजेल परिवारलाई गाह्रो छ ।

जन्मजात नै अपागं रहेको भुजेल परिवारमा आम्दानीका लागि पैसा कमाउन सक्ने कोही नहुदा बिहान बेलुकीको छाक टार्न समेत धौ धौ छ । त्यसमाथि भुकम्पले भएको एउटा घर पनि भत्किएपछि उनीहरुलाई झनै अर्को बिपत थपिएको छ । चिसोमा शित समेत चुहिने छाना मुनी बस्दै आएका ४ जनाको अपांग भुजेल परिवारलाई दुःख देखेपछि सायद कसैको मन पनि थामिदैन होला ।

घरमा बिहान बेलुकी खाने लाउने पिडा त छदैछ तै पनि यो परिवारलाई कसैले घर बनाउन सहयोग गर्दिए हुन्थ्यो भन्ने चाहाना छ । ६५ बर्षिया जेठा छोरा राम बहादुर भुजेलले भन्नुभयो “ कसैले सहयोगले एउट घर बनाइ दिए हुन्थ्यो भन्ने लाग्छ ।”

सो गरिब र अशक्त परिवारको लागि आर्थिक सहयोग संकलन गर्न सम्बन्धीत वाडा कार्यलयबाट अनुमति लिएको जानकारी गराउदै न्यूपानेले कोरिया निवासी नेपाली जनसमुदायलाई आर्थिक सहयोग गर्न हार्दिक अपिल गरेका छन् । हालसम्म ४ लाख ३५ हजार वन संकलन भएको जानकारी पनि उनले गराएका छन् ।

सहयोगको लागि निम्नअनुसारको विवरण उल्लेख गरिएको छ ।

Neupane Guna Prasad

NH BANK

3010177872501

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...