कोरियाबाट बिनोद परियारको सकृयतामा मृगौला पीडित जलजला परियार लाई एक लाख रुपैयाँ हस्तान्तरण


बिगत एक दशकदेखि कोरियाको ख्वाङ्जुलाइ कर्मथलो बनाउदै आएका गोर्खाका बिनोद परियारले दुबै मृगौला फेल भइ उपचार गराइरहेकी गायिका जलजला परियारलाई एक लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन् ।

कमजोर आर्थिक अबस्थाका कारण मृगौला जस्तो जटिल र महँगो रोगबाट पिडित भएकी जलजलाले सहयोगको अपिल गर्ने बित्तिकै बिनोदले पनि आफ्नै ब्यक्तिगत पहलमा आर्थिक संकलन अभियान संचालन गरेका थिए ।

केही हप्ता सहयोग अभियान संचालन गर्दा सहयोगि दाजुभाइ दिदिबहिनीहरुबाट झण्डै ९० हजार रुपैया संकलन भएको र आफुले १० हजार रुपैया थप गरि एक लाख रुपैयाँ हस्तान्तरण गरेको बिनोदले बताएका छन् ।

प्रबाशी जिबनको कठिनाइका कारण आफू उपस्थित हुन नसके पनि संकलित रकम शान्ति तामाङ मार्फत जलजलाको दिदी बिन्दु परियारलाइ आजै एक कार्यक्रम गरि सुम्पिएको उनले जनाए ।

जलजला केही दिन पहिला मात्र थप उपचारका लागि भारतमा गएकी छन् । सहयोग रकम बुझ्दै जलजलाकि दिदी बिन्दु परियारले बैनिको ज्यान बचाउन सहयोग गर्नु हुने सबै सहयोगी दाताहरुलाई धन्यवाद दिइन् ।

अर्घखाँची भुमिकास्थान २ की २१ बर्षिया जलजला नेपाली तारा सिजन ३ को उत्कृष्ट चारमा पर्न सफल भएकी सुमधुर स्वरकी धनि गायिका हुन् । हाल उनी भारतको कलकत्तामा शास्त्रीय संगीत बिषयमा स्नातक दोस्रो वर्षमा अध्ययनरत रहेकी छिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...