दक्षिण कोरियामा तामाङ पत्रकार संघको शाखा गठन
दक्षिण कोरियामा क्रियासिल तामाङ पत्रकारहरुले तामाङ पत्रकार संघ दक्षिण कोरिया गठन गरेका छन् । आइतबार सउलमा मेघप्रसाद वाईवाको अध्यक्षतामा ११ सदस्सीय समिति गठन भएको हो । यो नै तामाङ पत्रकार संघको पहिलो प्रवास शाखा हो ।
गठित संघको उपाध्यक्षमा सिमा लामा, सचिवमा अमिर योञ्जन तामाङ, सहसचिवमा राजिब घिसिङ र कोषाध्यक्षमा दुधबहादुर लोप्चन तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा गोकुल थोकर, किशोर ब्लोन, सुरेश थोकर तामाङ, बाबू साइला, बिमल लामा र सन्तलाल घिसिङ रहेका छन् ।
कार्य ब्यस्तताको बाबजुद पनि प्रवासमा रहेर पत्रकारितालाई अझ शशक्त र ब्यवसायिक बनाउने उदेश्य सहित संघ गठन भएको जनाएको छ । पहिलो पटक दक्षिण कोरियामा गठन भएको तामाङ पत्रकार संघले पत्रकारिता क्षेत्रमा सक्रिय सबैलाई पेशागत सहकार्य गर्दै अघि बढ्न पनि आग्रह गरेको छ ।
संघमा संगठित तामाङ संञ्चारकर्मीहरु दक्षिण कोरिया र नेपालका विभिन्न मिडियाहरुमा आवद्ध रहेका छन् ।