कोरियामा ‘शत्रुगते’ प्रदर्शन हुने
नेपालमा सफलता पुर्बक चलिरहेको चलचित्र शत्रुगते दोलखाली समाज दक्षिण कोरियाको आयोजनामा कोरियामा प्रदर्शन हुने भएको छ । नेपाली नयाँ बर्षको अबसर पारेर अप्रिल २२ तारिखका दिन सउलको जोगेशा गुम्बाको हलमा चलचित्र देखाइने दोलखाली समाज दक्षिण कोरियाले जनाएको छ ।
नेपालका विपन्न तथा अशहाय बालबालिकाको छात्रबृति दिने उद्देश्यका साथ चलचित्र प्रदर्शन गर्न लागिएको समाजकी उपाध्यक्ष ज्ञानु चौहानले बताइन् । उनले सामाजिक कार्यका लागि दोलखाली समाजले पहिलो पटक कार्यक्रमको आयोजना गरेको बताउदै सबैलाई उपस्थित भइदिन अनुरोध पनि गरिन् ।
‘चलचित्र रमाइलो भएकोले कोरियाको कामको थकानलाई मेटाउने छ ।’ समाजका अध्यक्ष सरोज केसीले भने । ‘यो सामाजिक कार्य हो । सबै कोरियामा रहेका नेपालीलाई चलचित्र हेर्न आउन आग्रह गर्छु ।’ उनले भने ।
महसञ्चारले एक दशक पछि शत्रुगत चलिचित्र निर्माण गरेको हो । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, दीपक राज गिरी, दीपाश्री निरौला, बसुन्धरा भुषाल, रमेश रन्जन झा, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।