कोरियामा सर्वाधिक राशीको “दोस्रो डेउ कप फुटबल प्रतियोगिता” मे-६ मा आयोजना गर्ने


सुरेश सिंह सम्बाहाङ्फे / गजे

डेउ नेपाली एकता समाज दक्षिण कोरियाले मे-६ मा “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”आयोजना गर्ने भएको छ।दक्षिण कोरियाको गजेदो क्षेत्रमा अबस्थित लुम्बिनी रेष्टुरा एण्ड बारको मुख्य प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो।

कोरियामा भैरहने फुटबल प्रतियोगिताहरु मध्ये सर्वाधिक धनराशी रहेको यश दोस्रो डेउ कप फुटबल प्रतियोगिताको बिजेताले ३५ लाख वन र उपबिजेताले २०लाख वन प्राप्त गर्नेछन । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट मेनेजर र सर्वाधिक गोलकर्तालाई आकर्षक पुरस्कारको साथमा कप, मेडल र प्रामाण-पत्र प्रदान गरिनेछ।

यश प्रतियोगितामा सहभागी जनाउन इच्क्षुक फुटबल टिमहरुले अप्रील-१ बाट अप्रील -२२ सम्ममा टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्ताको लागि प्रति टिम ४ लाख वन तोकिएको छ। टिम दर्ताको लागि सम्पर्क ब्याक्तिहरु डेनि राई(010-3032-1982) र सोम लिम्बू (010-2948-9307) हुनुहुन्छ भने टिम दर्ता रकम IBK बैकको खाता नम्बर 15910530001011 (man prasad) मा जम्मा गरिदिनु सूचना जारी गरेको छ ।

मे-६ मा बिहान देखि सन्चालन हुने खेल डेउ कम्पनी आसपास रहेका सुबिधा सम्पन्न २ खेल मैदानमा नकआउट नियम पद्धती अनुसार खेलाइने  डेउ एफ.सि. का कप्तान सोम लिम्बुले जजानकारी  जानकारी गराए   ।   पूरा प्रतियोगिता नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाको निगरानिमा रहनेछ। “दोस्रो डेउ कप फुटबल प्रतियोगिता”मा यत्रतत्र छरिएर रहनु भएका सम्पुर्ण खेलप्रेमी महानुभावहरुलाई उक्त प्रतियोगितामा उपस्थिती जनाइ स्वादिष्ट नेपालि परिकारका खाना खाइ भरपुर्ण मनोरञ्जन लिएर प्रतियोगितालाई भव्य सभ्य रुपमा सफल पारिदिनुहुन आयोजक डेउ नेपाली एकता समाजले हार्दिक अनुरोध गरेको छ।

विश्वको दोस्रो ठूलो पानीजहाज कम्पनी “डेउ सीप बुल्डिङ एण्ड मेरिन इन्जिनियरिङ”कम्पनिमा कार्यरत नेपालिहरुको साझा सस्था”डेउ नेपाली एकता समाज दक्षिण कोरिया”ले छोटो अवधिमै आफ्नो स्थापनाकालदेखी सामाजिक सेवामा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आइरहेकोछ।”हाम्रो चाहाना प्रवासी एकता र आपसि सद्धभावको कामना”भन्ने मुल नाराका साथ गतवर्ष आयोजना गरिएको “पहिलो डेउ कप फुटबल प्रतियोगिता”भव्य रुपमा सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...