गजलमार्फत नयाँ सरकारलाई विदेशवाट एक नेपाली युवाको ध्यानाकर्षण
गजल/ एईडेन छन्त्याल
मेरो देशमा, बेरोजगारको आगो, बलेको छ सरकार ।
भित्रभित्रै कामै नलाग्ने गरी, जलेको छ सरकार ।।
बाध्यता पनि कहाँ सम्मको यो, अठार कट्नै हुन्न
झोला बोकी विदेश, चलेको छ सरकार ।।
ठूला–ठूला सपना संगाली विदेशिएको ऊ, विरानो यो ठाँऊमा
कहिल्यै नउठ्ने गरी, ढलेको छ सरकार ।।
बेसाहारा छन गाँऊमा, बुढ्यौली बाआमा, सक्दैनन् गर्न केहि
हातगोडा पुरै, गलेको छ सरकार ।।
चर्का–चर्का भाषण गर्छौ, देशमा कृषी क्रान्तीको,
खेतबारीमा पुरै बन्छो र तितेपाती मात्र, फलेको छ सरकार ।।
पुरा भिडियोमार्फत यहाँ