कोरियामा नेपाली दूताबासले अधिकारीक ट्विटर संचालनमा ल्याए
दक्षिण कोरियामा मजदुरमैत्री बन्न नसकेको आलोचना खेपी रहेका नेपाली राजदूताबासले हालै आधिकारीक ट्विटर संचालनमा ल्याएको जनाएको छ । सउलमा सम्पन्न नेपाल पत्रकार महासंघ कोरिया शाखाको वार्षिक साधरणसभामा राजदूता अर्जुनजंग बहादुर सिंहले यसबारे जानकारी दिएका थिए ।
दूताबासको गविविधीलाई सार्वजनिक गर्न ट्विटर संचालनमा ल्याएको राजदूत सिंहले जनाएका छन् । दूताबासको वेभसाईड नेपाल परराष्ट्र मन्त्रालयले संचालन गर्ने भएकाले दूताबासले ट्विटर संचालनमा ल्याएको उनले स्पष्ट पारे । दूताबासको ट्विटर आइडि NepalEmbSeoul रहेको छ ।
सउल स्थित नेपाली राजदूताबासमा राजदूत सिंहले पदभार ग्रहन गरेपछि कोरियामा आइतबार पनि दूताबास खोल्नुपर्ने मजदुरको पुरानो मागलाई पुरा गरी प्रसंशा पाएका थिए । तर विना कुनै सूचना आफ्ना अनुकुलकालाई मात्रै निम्ता गरी पहिलो पटक पाँच तारे होटलमा खर्चिलो संविधान तथा राष्ट्रिय दिवस मनाएको भन्दै आलोचित पनि बन्न पुगेका थिए । त्यस्तै कुनै मजदुरको दुर्घना भई निधन तथा घाइते भएमा दूताबासका कर्मचारी तत्काल नपुगी, भोली वा पर्सि मात्रै पुग्ने गरेकोमा कामदार नेपालीहरुले गुनासो गर्दै आएका छन् ।