आईएनएस एशिया प्यासिफिक संयोजकमा किराती
नयाँशक्ति पार्टी नेपालका प्रवास सङ्गठन अन्तराष्ट्रिय नेपाली समाज (आईएनएस) एशिया प्यासिफिकको संयोजकमा मिलनकान्छा किराती सर्वसहमतिले चयन हुनुभएको छ ।
नयाँशक्ति पार्टीका प्रवास ईन्चार्ज हिसिला यमिको उपस्थितिमा सम्पन्न अनलाईन भेलामा मकाउ, जापान, मलेसिया, दक्षिण कोरियालगायतका देशबाट सङ्गठन प्रमूख र प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।
दुई दशक लामो वामपन्थी राजनितिमा समय बिताएका किरातीले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अघि सारेका पाँच ‘स’को सिद्धान्तले समृद्ध नेपाल निर्माण गर्न सकिने भन्दै नयाँशक्ति पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आई रहेकाछन् ।