काेरियामा बु्द्द प्रतिमा निर्माण स्थलकाे शिलान्यास गर्दै।


नेपाली सम्पर्क समिति कोरियाको संयोजन  र नेपाल बौद्ध परिवारको सहकार्य तथा नेपाली दुताबास कोरियाको संरक्षकत्वमा कोरियाको योङ्गगिन शहर स्थित प्रशिद्ध पर्यटकिय गुम्वा वाउछङ्गसामा  नेपाली हस्त कलामा निर्मित नेपाली शैली झल्किने भगवान गौतम बुद्धको प्रतिमा नेपाल देखि ल्याई स्थापना गरिन लागिएको स्थलकाे शिलान्यास कार्यक्रम यहि अाइतबार अप्रिल ८ तारिख हुने भएकाेछ।  काेरियाका लागी नेपालि राजदुत अर्जन जंग बहादुर  सिंहले बुद्द प्रतिमा स्थलकाे सिलान्यास गर्ने कार्यक्रम रहेकाेछ।

उक्त शिलान्यास कार्यक्रममा काेरियामा रहेका सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, समाजसेबी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू उपस्थित भैदिनु हुन बुद्द प्रतिमा स्थापना अभियान सचिवालयका संयाेजक अन्जु केसीले हार्दिक अनुराेध गरेकि छिन्।

यस अभियानले बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देश बिश्व भर फैलाउने, बौद्धमार्गीहरु पर्यटकका रुपमा नेपाल भ्रमण गर्ने, नेपाल र कोरियाको नागरिक स्तरमा दुइ देश बिच सांस्कृतिक धार्मिक र कला क्षेत्रको सम्बन्ध सुमधुर तथा प्रचार प्रशार हुने बिश्वास गरिएको छ।

नेपाल देखि बुद्धको मुर्ति २०१८ को अप्रिल महिनाको अन्त सम्म कोरिया ल्याइनेछ र  मे महिनाको १२ तारिख  कोरियामा मनाइने बुद्ध जयन्तीमा उक्त प्रतिमालाई परिक्रमा गराई योङ्गगीन स्थित वाउछङ्गसा गुम्बामा स्थापना गर्ने योजना रहेकोछ।  कोरियामा कार्यरत नेपाली समुदायको सहयोगमा नेपाल देखि बुद्धको प्रतिमा खरिद गरि उक्त वाउछङ्गसा गुम्बामा निशुल्क रुपमा स्थापना गरिनेछ। बुद्धको मुर्ति तामा धातुबाट बनेको हुनेछ।  मुर्तिको साइज ९ फिट उचाई,र तौल करिब ५०० केजी को हुनेछ ।

बुद्दकाे प्रतिमा स्थल जग्गा वाउजंसा गुम्बाले प्रदान गरेकाे छ भने नेपाली कला झल्कने स्यम्भुनाथकाे शैलीमा बनाउने सानाे गुम्वाकाे निमार्ण खर्च पनि वाउजंसा गुम्बाले गर्ने भएकाेछ।

शिलान्यास कार्यक्रम  हुने  मिति २०१८ अप्रिल ८ तारिख अाइतवार

समय  बिहान ११ बजे

स्थान वाउजङ्सा गुम्बा परिसर, याेङ्गिन

 

सम्पर्ककाे लागी सचिवालय पदाधिकारीहरू

बुद्ध प्रतिमा स्थापना अभियान सचिवालय २०१८ कोरिया

संयोजक:-श्री अन्जु के सि (अध्यक्ष नेपाली सम्पर्क समिति कोरिया)

सदस्य-श्री पेम्बा दोङ्बा ह्योल्मो(अध्यक्ष नेपाल बौद्ध परिवार कोरिया)

सदस्य:-श्री कुन्साङ दोर्जे लामा (प्रमुख-सउल नेपाल गुम्बा)

सदस्य:-श्री लोचन राई ,पुर्ब अध्यक्ष नेपाली सम्पर्क समिति एबम (आई सि सि सदस्य एन आर एन ए-कोरिया)

सदस्य:-श्री के पि सिटौला (नेपाल पर्यटन बोर्ड कोरिया मानार्थदूत एवं एन आर एन ए कोरिया संस्थापक अध्यक्ष)

सदस्य:-श्री भक्त शेरचन (पूर्ब अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ कोरिया)

सदस्य:-श्री भरत तुलाचन (अध्यक्ष थकाली सेवा समाज कोरिया)

सदस्य:-श्री प्रितम गुरुङ्ग (महासचिब नेपाल बौद्ध परिवार कोरिया) तथा पुर्ब अध्यक्ष रूपन्देहि सम्पर्क समिति काेरिया

सदस्य:-श्री यम श्रीस मगर ( पुर्ब अध्यक्ष बाग्लुङ्ग सम्पर्क समिति कोरिया)

सदस्य:-श्री भीम गुरुङ्ग (भु पु अध्यक्ष लम्जुङ्ग परिवार कोरिया)

सदस्य:-श्री डम्बर सुब्बा, (पत्रकार एवं अध्यक्ष-धरान कोरिया सहयोग समिति)

सदस्य:-श्री काजी नेपाल(अध्यक्ष- पुर्वाञ्चल सरोकार मञ्च कोरिया)

सदस्य:-श्री कृष्ण  गुरूङ्ग ‘ब्रो’ (अध्यक्ष-नेपाल फुटबल महासंघ कोरिया)

सदस्य-श्री बिकास श्रेष्ठ(उपाध्यक्ष- पत्रकार महासंघ कोरिया शाखा एवं एपि वान कोरिया सम्बाददाता)

सदस्य:-श्री भोला पौडेल (अध्यक्ष चितवन सम्पर्क समिति कोरिया)

आर्थिक बिभाग सदस्य-श्री राज कुमार स्याङ्गतान(कोषाध्यक्ष-नेपाली सम्पर्क समिति कोरिया)

प्रचार बिभाग सदस्य-श्री गोकुल थोकर(सम्पादक-फोनिज कोरिया)

संरक्षक:-नेपाली राजदुताबास सउल गणतन्त्र कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...