बुद्धमुर्ति स्थापना गर्ने गुम्बाको सिलान्यास
सउल, आइतबार
नेपालबाट कोरियामा बुद्धको मुर्ति ल्याएर स्थापना गर्न लागिएको गुम्बाको आइतबार दक्षिण कोरियाका लागि नेपाली राजदुत अर्जुनबहादुर सिंहले सिलाल्यान गरेका छन् ।
बुद्धमुर्ति स्थापना अभियान नेपाली सम्पर्क समिति दक्षिण कोरियाको संयोजन र नेपाल बौद्ध परिवारको सहकार्यमा भैरहको छ । कोरियाको पर्यटकिय तथा धार्मिक महत्व राख्ने योङ्गगिन सहरकोे वाउछङ््सा स्थपना गर्न लागिएको गुम्बामा नेपालबाट ल्याइने बुद्धको प्रतिमा राखिने छ ।
कार्यक्रममा बोल्दै राजदुत सिंहले नेपाली सबै मिलेर गर्न लागिएको यो कार्यका लागि सबैले सहयोग गर्न हुन अनुरोध गरे । ‘यो अभियानमा देशकै इज्जतको सवाल छ । सबैले सहयोग गरौ । हामी पनि सहयोग गर्न सधै तयार छौ ।’ उनले भने ।
अप्रिल महिनाको अन्तिम साता भित्र नेपालबाट बुद्धको मुर्ति ल्याइने नेपाली सम्पर्क समितिकी अध्यक्ष अन्जु केसीले बताइन । ‘मे महिनाको १२ तारिखमा बुद्धजयन्तीका अबसरमा बुद्ध प्रतिमालाई सउलको बिभिन्न भागमा परिक्रमा गराइने छ । त्यस पछि वाउछङ्गसा गुम्बामा स्थापना गर्ने योजना छ ।’ उनले थपिन ।
बुद्धको प्रतिमा राख्ने जग्गा र गुम्बा बनाउन लाग्ने खर्च वाउजंसा गुम्बाले सहयोग गर्ने भएको छ ।