नितिगत भ्रष्टाचारतर्फ ध्यान कस्ले दिने?
अत्रस्त यात्रि समीप
धेरै युवाहरुको सपनाको शहर कोरिया हुने गरेको छ। तर त्यही कोरियाको नाम केहीको लागि राम्रो कमाईको स्रोत बनिरहेको कुरामा दुई मत छैन। हिजो मात्रै एउटा समाचार आएको छ कोरियामा जाने कामदारको लागि पोसाक खरिदमा अनियमितता भनेर ।
उक्त समाचारमा आवाश्यक्ता भन्दा एक हजार तिन सय सतत्तर थान पोसाकको बिल भरपाई बढी पेश भए बापत नगद रु.छैसठ्ठी लाख पचासी हजार रुपैया भ्रष्टाचार भएको कुरा उठाइएको छ। जसमा प्रति पोसाक नगद रु. चार हजार आठ सय बैसठ्ठीका दरले खरिद भएको देखिएको छ।
यो भयो बाहिरी आबरणका कुरा। अब भित्री भागमा प्रवेश गरौ । प्रति पोसाक चारहजार अठ सय बैसठ्ठी रुपैया पर्ने पोसाकको गुणस्तर कस्तो हुनुपर्ने हो? के हाल बितरण भएका टोपी र ज्याकेट त्यति धेरै मुल्य पर्न योग्य छन त ? पक्कै छैनन हामी सबैलाई थाहा छ कि इपिएस साखाले बितरण गर्ने पोसाक अत्यन्तै कमसल छ। बाहिर सिंगल खरिद गर्दा पनि त्यत्तिका ज्याकेट र टोपी बढिमा दुई हजार रुपैयामा आरामले पाउन सकिन्छ। झन एकमुष्ठ हजारौ थान पोसाक खरिद गर्दा अझै सस्तो पर्नु पर्ने हैन र? किन त्यती महंगो त? सरकारी संयन्त्र बाटै भएको यस्तो कामको नियमन कस्ले गर्ने? यसलाई नितिगत भ्रष्टाचार भन्ने कि नभन्ने ?
यो पोसाकको कुरा भयो अब टिकट तर्फ जाऔ, हरेक कामदारबाट टिकेट शुल्क भनेर करिब पाँच सय एकचालिस डलर असुल गरिन्छ। सबै कामदारहरुबाट समान रुपमा असुल गरिने रकममा सुबिधाहरु भने फरक फरक हुने गर्दछ। त्यहि रकममा कोही कोरियन एअरमा यात्रा गर्न पाउँछन भने कोही चार घण्टा ट्रान्जिटमा पर्छन चार घण्टा सम्म त ठिकै थियो। यती सम्म कि 19 घण्टा लामो ट्रान्जिटमा निकै कष्टपुर्ण यात्रा गर्न बाध्य छन कोही श्रमिक । जबकि पैसा उनिहरुले पनि उत्तिनै तिरेका छन जति कोरियन एअर र चार घण्टे ट्रान्जिटमा जानेले तिरेका छन। आफै सोचौँ त 19 घण्टा ट्रान्जिट, बस्नको कुनै सुबिधा छैन एअरपोर्टमै कुर्चीमा बसेर पार गर्नु पर्छ र 19 घण्टाको लागि खानाको ब्यबस्था आफै गर्नु पर्ने सर्तमा 40-40$ जुन हङ्कङको डरल हो त्यसको 2 वटा टोकन जम्मा 80$ प्राप्त गर्दछन प्रत्येक कामदारले ।
देख्दा 80$ धेरै लाग्न सक्छ तर त्यो टोकनले के खान पाईन्छ भन्ने कुरा कमैलाई थाहा छ। 19 घण्टा कुर्चीमा बसेर पानी पिउन पनि पर्याप्त छैन त्यो 80$ ले । बिश्वास नलाग्न सक्छ सुन्दा, तर यथार्थ यही हो। काठमाडौंबाट 80$ को टोकन छ भनेर फुर्किदै आएका कामदार त्यतिबेला झस्किन्छ जतिबेला काठमाडौंमा थमाइएको 80$ को टोकनले जम्मा 1500ml पानी मात्र आउछ। 19 घण्टा लामो ट्रान्जिटको पिँडा कुर्चीमा छट्पटाउदै काट्नुको पिँडा त छँदै छ त्यसमाथि 19 घण्टामा खानको कुरा छोडौँ पानी सम्म पर्याप्त पिउन नपुग्ने टोकन प्रदान गर्ने अत्यन्त न्युन स्तरको एअर कम्पनीबाट कामदार पठाईन्छ। आँखिर किन?
सबैलाई राम्रो टिकट नपाइएला स्वभाविक हो तर अत्यन्तै तल्लो दर्जाको एअरमा यात्रा गर्नेहरुसंग पनि किन उत्तिकै रकम असुल गरिन्छ त? के कोरियन एअरले टिकेट बापट लिने पैसा 19 घण्टे लामो ट्रान्जिट पारेर अत्यन्त कमसल सेवा सुबिधा दिने एअरले पनि उत्तिकै रकम लिन्छ त? अबश्य लिँदैन! त्यसो भए कस्ले खान्छ त बाँकी पैसा? परदेशमा श्रम गर्न रहरले कोही जाँदैन बाध्यतामा जन्मभुमी छोड्नेहरु संग गरिएको यो ब्रम्हलुटको नियमन कस्ले गर्ने? सरकारी संयन्त्रहरुबाटै गरिने काममा त समानता छैन हाम्रो देशमा भने झन अरुको अबस्था कस्तो होला?
जैमिनी नगरपालिका-8 छिस्ती बागलुङ
हाल याङ्जु दक्षिण कोरिया।