सांगीतिक क्षेत्रमा चम्किएका गायक सङ्गीतकार सुजन तिगेला लिम्बु


काठमाडौं, नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत गरिरहनुभएको छ । यस्तै यो क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन् सुजन तिगेला लिम्बु ।

अहिलेसम्म ३ सय भन्दा बढी गीतमा स्वर र १ सय जति गीतमा सङ्गीत भरेका उनले थुपै्र गीतकारको शब्दमा स्वर र सङ्गीत भरेका छन् । लोक गायन, पाश्र्व गायन र आधुनिक सबै खालका गीत गाएर स्रोताको मन मष्तिकमा आफ्नो छुट्टै छबी बनाएका सुजन सानै देखिनै यो क्षेत्रमा लागेको बताउँछन् । केही गीतमा आफैँ मोडलिङ समेत गरेका उनका सेल्फिको जमना, तिमी फूल बनिदिनु प्रिय, कथाले मागेपछि, अरे के साह्रो व्युटी, म त परे सोझो, लुङ्गामा ज्यु, मायालाई बैना सालैजो, कौडा जस्ता गीत बढी स्रोता/दर्शको बढी रोजाइका गीत रहेका छन् । उनका अहिलेसम्म पाँच वटा एल्वम बजारमा आएका छन् भने थुप्रै कलेक्सन एल्वममा पनि स्वर दिएका छन् ।

उनका गीतलाई स्रोता/दर्शकले मन पराउनुका साथै उनले केही अवार्ड पनि हात पार्न सफल भएका छन् । गौतम बुद्ध जन्मे जहाँ स्वदेश गीतमा उनले कालिका म्युजिक अवार्ड हात पारेका छन् भने थुप्रै अवार्डहरुमा नोमिनेशनमा परेका छन् उनका गीत ।
उनले हालै दर्शक/स्रोतामाझ ‘मायाले सन्सार थाम्दैन’ गीतको म्युजिक भिडियो ल्याएका छन् । बेलायतमा बसेर गीत तथा कबिता लेख्नमा आफूलाई सक्रिय बनाइरहेकी जानू काम्बाङ लिम्बूको शब्द रहेको यो गीतमा सुजनकै सङ्गीत रहेको छ ।

गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका छन् । हङकङको मनोरम स्थान सिङमुन भ्याली र त्यसको वरपर छायाँकन गरिएको उक्त भिडियोमा मौसम लिम्बु (फुलन देको बाउँ) हेमराज लिम्बु र विद्या श्रेष्ठले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथा व्यक्त गरिएको सो भिडियोको छायाँकन ज्याप प्रोडक्सनले गरेको हो ।

थुप्रै गीतकारहरुको शब्दमा स्वर भरेका सुजनले साहित्यकार झमक घिमिरेको ‘मनको घाउँ’ पहिलो गजल पनि उनले गाएका हुन् ।
‘म निरन्तर गीत सङ्गीतको यात्रामा छु, अझैँ धेरै नयाँ नयाँ क्रिएशन स्रोता÷दर्शकलाई पस्कनु छ, मलाई माया गरिरहनु भएको आम स्रोताले खुशी छु’, सुजनले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...