कोरियामा ढोरपाटन कप भलिबल प्रतियोगिता हुँदै
बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ ।
आगामी जून १० तारिखका दिन ढोरपाटन कप २०१८ मत्रिपूर्ण भलिबल प्रतियोगिता कोरियाको राजधानी सौलमा आयोजना हुनेछ । दक्षिण कोरियामा रहेका विभिन्न भलिबल टिमहरुको बिचमा हुने प्रतियोगिता अन्तर्गत यो बर्षको सिजनमा हुने प्रतियोगिता बाग्लुङ सम्पर्क समितीले आयोजना गर्न लागेको हो ।
सम्पर्क समितीको सौलमा बसेको बैठकले उक्त प्रतियोगिता आयोजना ब्यबस्थापनको लागि विभिन्न समुह निर्माण गरी जिम्मेवारी बाडफाड गरेको छ । दक्षिण कोरियामा नेपाली युवाहरु माझ लोकप्रिय खेल तथा नेपालको राष्ट्रिय खेल भलिबल प्रतियोगितामा सहभागी जनाउनको लागि कोरियामा सक्रिय संघ सस्थाका भलिबल टिम लाई आव्हान गर्नुका साथै आयोजनाको स्थान दर्ता टाइसिटको समय छिट्टै सार्वजनिक गरिने आयोजक संस्था बाग्लुङ सम्पर्क समिती कोरियाका अध्यक्ष सुवास लामिछानेले बताए।