लोटस ल्यान्टर्न फेस्टिभल(शान्ति र्याली)मे १२ र बुद्ध प्रतिमा स्थापना उदघाटन मे २० मा हुने।


हरेक बर्ष झैं यस बर्ष पनि आउदो मे १२ तारिख २५६२ औं बुद्ध जयन्तीको अवसरमा दक्षिण कोरियामा लाखौंको जनसहभागितामा मनाउन गैरहेको Lotus Lantern Festival (अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)मा “नेपाल बौद्ध परिवार(Nbf)”को संयोजन तथा “नेपाल बुद्ध प्रतिमा स्थापना अभियान-2018″को सह-संयोजनमा सम्पूर्ण नेपाली जनसमुदायहरूको प्रतिनिधित्व गर्दै आफ्नो  देशको मौलिक,धार्मिक एवं साँस्कृतिक पहिचान झल्काउदै सहभागीता जनाउने निर्णय अनुसार कोरियामा रहेका सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि,ब्यवसाही, सामाजसेबि, नेपाली दाजु भाई तथा दिदिबहिनीहरुलाई  उपस्थित भैदिनु हुनका लागि नेपाल बौद्ध परिवार र बुद्ध प्रतिमा स्थापना अभियान सचिवालयले हार्दिक अनुरोध गरेकोछ।

र्यालीमा बुद्ध प्रतिमा स्थापना अभियानले कोरियाको पर्यटकीय गुम्बा वाउछङ्सा गुम्बामा प्रतिस्थापना गरिने नेपालबाट ल्याईएका भगवान बुद्धका प्रतिमा र बौद्ध नाथको स्तुपा सहित प्रदर्शन एवं परिक्रमा गराउने योजना रहेको  नेपाल बौद्ध परिवारको महासचिब प्रितम गुरूङले बताए।

नेपाली सम्पर्क समिति कोरियाको संयोजन तथा नेपाल बौद्ध परिवारको सहकार्यमा गठित  नेपाल बुद्द प्रतिमा स्थापना अभियानले पनि  आउदो मे २० तारिख अायाेजना गर्न  गैरहेको बुद्ध प्रतिमा(मुर्ति) अनावरण एवं बिधिवत उद्घाटन समारोहमा  राष्ट्रिय पोषाक वा अाफ्नो जातीय पोषाक तथा विभिन्न साँस्कृतिक झाँकीहरू सहित भब्य रूपमा सहभागिता जनाइ सहयोग गरिदिनु हुन अभियानकी संयाेजक अन्जु केसीले हार्दिक अनुरोध गरेकिछिन्।

लोटस् ल्यान्टर्न फेस्टिभल मूल आयोजक कमिटीले जारी गरेको केही नियमहरू:-

१) र्यालीमा राष्ट्रिय पोषाक वा अाफ्नो देशको विविध संस्कृति झल्किने विभिन्न जातीय भेष भुषा एवं झाँकीहरू सहित सहभागीतालई बिशेष प्राथमिकता दिईने छ।
२) कुनै पनि संघ,संस्था वा संगठनहरूको नाम वा लोगो अंकित युनिफर्म,चोक्की र टिसर्टहरूको प्रयोग गर्न पाईने छैन।
३) कुनै पनि अन्य संघ,संस्था वा संगठनहरूको ब्याच,स्वयंसेवक-ब्याच,झण्डा र ब्यानरहरूलाई निषेध गरिएको छ।
४) र्यालीमा नेपालको राष्ट्रिय झण्डा,बिश्व शान्तिको झण्डा र नेपाल बौद्ध परिवार अन्तर्गत अंग्रेजीमा र कोरियनमा “नेपाल बुद्धिजम्” भन्ने शब्द लेखिएको झण्डा हुनेछ।
५) कुनै पनि मुल्यवान बस्तुहरूको अार्थिक कारोबार गर्न वा सहयोग संकलनका लागि डोनेशन बक्स प्रयोग गर्न पाईने छैन।
६) र्याली क्रमबद्ध रूपलमा लाईन मिलाएर अनुशासित तरिकाले अगाडि बढाउनु पर्नेछ ।
७) मे 13 तारिख अाईतबारका दिन हुने बौद्ध सम्बन्धि प्रदर्शनी मेलामा राखिने स्टलहरूमा सके सम्म अाफ्नो देशको चिनारी वा पहिचान झल्किने खालको बस्तुहरूले सजिसजावट गर्नु पर्नेछ।

कार्यक्रम सम्बिन्धि जानकारी 
(क) Lotus Lantern Festival(अन्तर्राष्ट्रिय शान्ति पद यात्रा-र्याली)
मिति:-2018 मे 12 तारिख शनिबार
समय:-साँझ 4 बजे उदघाटन समारोह,र्याली प्रस्थान-साँझ 6 बजे(साँझ-7 बजे दोंदेमुन हिस्ट्री एण्ड कल्चर पार्क-डोट्टा अगाडि बाट र्यालीमा सहभागी हुन सकिनेछ)
स्थान:-दोंगुक देहाक्यो(युनिभर्सिटी)को प्राङ्गणमा (सउल मेट्रो लाईन नं-3,दोंदेईब्गु(दोंगुक यनिभर्सिटी) स्टेसन)
(ख) बौद्ध सम्बन्धि प्रदर्शनी मेला
मिति:-2018 मे 13 तारिख अाईतबार समय:-बिहान 9 बजे देखि साँझ 7 बजे सम्म
स्थान:-झोगेसा गुम्बा अगाडि (सउल मेट्रो लाईन नं -1,जोंगाक स्टेशन,गेट नं-2

(ग) बुद्ध प्रतिमा(मुर्ति)अनावरण एवं प्रतिस्थपना उदघाटन समारोह

मिति:-2018 मे 20 तारिख आइतबार
समय:- बिहान 10 बजे देखि मध्यन्ह 12 सम्म-
पूजा-पाठ-प्रार्थना(कोरियन तथा नेपाली लामा गुरु ज्युहरूबाट)
a.प्रतिमा(मुर्ति) प्रतिस्थापना तथा अनावरण
समय- दिनको 1 बजे।(लगत्तै खानाको समय शुरू)
b.बिधिवत अौपचारिक कार्यक्रम तथा उदघाटन मुल समारोह
समय-दिनको ठिक 1:30 बजे देखि 4 बजे सम्म
c.विविध मनोरञ्जनात्मक कार्यक्रम(नौमति बाजा सहित) दिनको 4 बजे देखि साँझ 5:30 सम्म
d.वाउछङ्सा गुम्बा प्राङ्गणबाट फर्किने-गन्तव्य प्रस्थान
समय-साँझ ठिक 6 बजे

स्थान- वाउछङ्सा गुम्बा परिसर योङ्ईन

जाने तरिका-सउल स्टेसन,गेट नं-(9-1)बाट बाहिरिए पछि बस नं 5005 मा चढेर योङईन टर्मीनलमा झर्ने। त्यहाँबाट वाउछङ्सा गुम्बा सम्म जाने मिनी बसको व्यवस्था गरिएको छ।
(ङ) दोंङ्देमुन बाट वाउछङ्सा गुम्बा सम्म जानका लागि नि:शुल्क 2 वटा बसको वयवस्था गरिएको छ।
समय-बिहान ठिक 10 बजे र 11 बजे।
(बस व्यवस्थापन-श्री भक्त शेरचन-स.नं-०१०२६७२९५७६)
(च) योङ्ईन बस टर्मिनल बाट वाउछङ्सा गुम्बा सम्म जानका लागि एऊटा लोकल मिनी बसको व्यवस्था गरिएको छ।
समय-बिहान ठिक 11 बजे
(बस व्यवस्थापन-श्री डम्बर सुब्बा-सं.नं-…01089067664)

नोट:-दोङ्देमुनबाट बसमा जान चाहानेहरूले अाफ्नो सिट सुरक्षितका लागि वा बसमा जानेहरूको संख्या अनुसार बसको थप-घट व्यवस्था गर्नु पर्ने भएकोले छिटो भन्दा छिटो सम्पर्क गरि आफ्नो नाम टिपाउनु होला। धन्यबाद!

 

अन्जु केसि संयाेजक बुद्द प्रतिमा स्थापना अभियान सचिबालय,                                         पेम्बा दोङ्बा ह्योल्मो (अध्यक्ष) नेपाल बौद्ध परिवार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...