Advertisement
SKIP THIS

कोरियन युद्ध अन्त्य गर्न दुबै कोरिया सहमत


 

उत्तर र दक्षिण कोरिया सन् १९५० मा सुरू भएको दुई देशबीचको युद्ध अन्त्य गर्न सहमत भएका छन् । दुई कोरियाको सीमावर्ती गाउँमा शुक्रबार भएको उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भएको शिखर वार्तामा सन् १९५३ मा भएको युद्धविरामपछि रोकिएको युद्ध अन्त्य भएको सहमति भएको हो ।
शिखर वार्तापछि संयुक्त पत्रकार सम्मेलनमा किम र मुनले यही वर्ष युद्ध सकिएको घोषणा गरिने बताए । पत्रकार सम्मेलनमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मुनले शान्तिको नयाँ युग सुरू भएको बताउँदै अब दुबै कोरिया मिलेर जाने बताए । उत्तर कोरियाली शासक किम जोङ उनले दुबै देशका नागरिक उही रगत भएका उस्तै मानिस भएको उल्लेख गर्दै मिलेर बस्नु पर्ने बताए ।
शुक्रबार बिहान सुरु भएको दुई पक्षीय सम्मेलन ऐतिहाँसिक घटना भएको जानकारहरुले बताएका छन् । दुई कोरियाको युद्ध भए पछि सबै भन्दा पहिले दक्षिण कोरिया आइपुग्ने सासक किम जोङ उन भएका छन् ।
शिखर वार्तापछि ९ बुँदे पान्मुनजेओम घोषणा जारी गरिएको छ ।
घोषणाका बुँदा यस्ता छन्
१. सन् १९५३ युद्धविरामपछि रोकिएको युद्ध यही वर्ष अन्त्यमा भएको घोषणा गर्ने ।
२.दुबै कोरियाले आणविक हतियार निशस्त्रीकरणलाई संयुक्त लक्ष्य बनाएर कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न सहकार्य गर्ने ।
३.यही वर्षको हिउँदमा दक्षिण कोरियाली राष्ट्रपति मुनले उत्तर कोरियाको भ्रमण गर्ने ।
४. जमिन, समुद्र र आकाशमा भइरहेका द्वेषपूर्ण कार्यहरू बन्द गर्न पनि दुई कोरिया सहमत ।
५.मे १ देखि दुबै कोरियाले सीमा क्षेत्रमा प्रचारबाजी बन्द गर्ने ।
६. उत्तर कोरियाको गाइसियोङमा संयुक्त सम्पर्क कार्यालय स्थापना गर्ने ।
७. आउने अगस्ट १५ मा दुबै कोरियाले १९५० देखि १९५३ सम्म चलेको युद्धका कारण बिछोडिएका परिवारको पुनर्मिलन आयोजना गर्ने ।
८. पूर्वी तटमा अन्तर कोरियाली रेल सञ्जाल पुन सञ्चालन गर्ने ।
९. सन् २०१८ को एसियन गेम्समा दुबै कोरिया संयुक्त रूपमा सहभागी हुने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...