नेपाली सम्पर्क समिति काेरियाकाे सम्याेजन र बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबास काेरियाकाे संरक्षकत्वमा स्थापना गर्न लागिएकाे बुद्द प्रतिमा मुर्ति काेरियामा मंगलबार अार्इ पुगेकाेछ।
बुद्द प्रतिमालार्इ मे १२ तारिख साैलमा अायाेजना हुने लाेटस लालटर्न फेस्टीभलमा परिक्रमा गरार्इ मे २० मा वाउछंसा गुम्बामा बिशेष कार्यक्रम सहित स्थापना गरिनेछ। नेपाल कुरियाे अार्ट कम्पनि ललितपुरले निर्माण गरेकाे करिब ५०० केजिकाे तामाकाे बुद्द मुर्ति (प्याकिङ बक्स सहित करिब ८६० केजि) काेरियामा मंगलबार अाई सकेकाेछ भने भन्सार प्रकियापुरा गरि बिहिबार इन्छन बिमान स्थलबाट याेङगिन स्थित वाउछंसा गुम्बामा लगेर राखिएकाे जानकारी मुर्ति ब्यवस्थापन बिभाग सचिबालय सदस्य लाेचन राइले दिएका छन्।
बुद्द प्रतिमा स्थापना अभियानका सचिबालय सदस्य तथा वाउछंसा गुम्बा ,याेङगीन सिटी र नेपाली समुदायकाे काेअर्डिनेटर समेत रहेका डम्बर सुब्बा र अभियानका सदस्य लाेचन राइका अनुसार काेरियन एअर मार्फत ल्यार्इएकाे बुद्द प्रतिमाकाे करिब ८६० केजीकाे सम्पुर्ण कार्गाे ढुवानी लगभग ३००० यु स डलर बराबरकाे रकम काेरियन एअरले छुट गरेकाेछ । त्यसै गरि काेरिया सरकारले भन्सारमा पनि केहि रकम छुट गरेकाेछ। कुल भन्सार शुल्क र अन्य अफिसियल शुल्क सहित २११३९०० वनमा ६३०००० वन छुट गरि १४८३८४४ वन लागेकाे जानकारी मुर्ति ब्यवस्थापन बिभाग सदस्य लाेचन रार्इले जानकारी दिएका छन्।
कार्गाे शुल्क निशूल्क र भन्सारमा केहि रकम छुट गर्न ब्यबस्था मिलाउने याेङगिन नगर पालिका मेयर र नेपाली राजदुताबास काेरिया र वाउछंसा गुम्बाले विशेष सहयाेग गरेका छन्।
अार्थिक बिभाग सदस्य तथा अभियन्ता भक्त शेरचनका अनुसार अहिले सम्म काेरियामा ६ दर्जन कृयाशिल संस्था र करिब ३६५ जना समाजसेबि सहयाेगि ब्यक्तित्वले करिब 4 कराेड 50 लाख वन सहयाेग गरिसकेका छन्। सहयाेग गर्ने सम्पुर्ण संस्था र महानुभावहरूलार्इ अभियानकी संयाेजक अन्जु केसिले बिशेष धन्यबाद प्रदान गरेकि छिन्।
बुद्द प्रतिमा र उक्त प्रतिमा राख्ने गुम्बाकाे लागत करिब १ कराेड रूपयाँ पर्ने अनुमान।