प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा।
प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाेछ।
दक्षिण कोरियामा कार्यरत नेपालीहरु बिच खेलकुदको माध्यमद्वारा भाईचाराको सम्बन्ध स्थापित गर्दै शारीरिक तन्दुरुस्त एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पुन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने भएकाेछ।
गत अाइतबार पुन समाज दक्षिण काेरियाले नेपाल हाउस साैलमा गरेकाे टाईसिट अनुसार २०१८ मे ६ मा हुने खेलहरुमा प्रथम चरणमा~ pole A तर्फ बाग्लुङ स.स. “A” vs बाग्लुङ स.स. “B” तमु धि vs युनिक भिजन ग्रुप, कालिगण्डकी ब्याईज vs स्याङ्जा परिवार त्यस्तै पोल “ए” मा छन्त्याल समाजले भने बाई पाएर पहिलो चरणको खेल नखेली सिधै दोस्रो चरणमा प्रबेश पाउने भएको छ।
त्यस्तै pole “B” तर्फ पुन समाज “A” vs तनहुँ स.स. ठकुरी समाज vs मोना कोरिया, पुन समाज B vs गुल्मी स.स. ,अन्नपूर्ण दुधपोखरी vs सिहङ्सी आनसान रहेका छन।
कुल १५ टोलीको सहभागिता रहने प्रतियोगिता सउल स्थित खाङबुक छङ्सो न्यन सुर्योन ग्वानमा हुनेछ। बिहान ९ बजे देखि बेलुकी ७बजे सम्म संचालन हुने उक्त खेलमा सहभागी हुन सौल मेट्रो लाईन नः४ सुयु स्टेसन गेट नः6 बाट १०४ वा १ नम्बर बस चढेर 서강복 청소년 수련관( खेल हुने स्थान ) सम्म पुग्न सकिनेछ।
दक्षिण काेरियामा रहेका सम्पुर्ण संघ संस्थाकाे पदाधिकारी,समाजसेबी,व्यवसाही,बिध्यार्थि तथा खेल प्नेमी नेपाली दाजुभार्इ दिदिबहिनीहरूलाइ उपस्थित भै कार्यक्रमलार्इ सफल बनाइ दिनु हुन पुन समाजका अध्यक्ष याद गर्बुजाले हार्दिक अनुराेध गरेकाछन्।