नेपाली जनसम्पर्क समितीको महाधिवेशनमा नौ बुदे घोषण सहित उपसभापतिमा चेम्जोइ०को उम्मेद्धारी
नेपाली जनसम्पर्क समितीको कोरियाको मे ६ तारिख आइतबार गरिने पाँचौ महाधिवेनको लागि वर्तमान समितीका सहमहान्त्री भिमराज चेम्जोइ०ले उपाध्यक्ष पदको लागि उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
घोषणा संगै नौ बुदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । कोरियामा उनले क्षेत्रिय सचिव हुदै सउल केन्द्रिय समितीका सहमहामन्त्रिसम्मको पदिय जिम्मेवारी सहित पार्टीगत यात्रा तय गरेका छन् ।
नेविसंघको इकाई समितीबाट राजनीति शुरु गरेका उनी निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनी सामाजिक संघ संस्थामा समेत सक्रिय छन् । पार्टीमा गुटबन्दीको हावी रहेपनि आफू कुनै पनि गुटबन्दीको पक्षमा नरहेको उनको भनाइ छ । विपिको प्रजातान्त्रिक समाजवादलाई आत्मासाथ गर्दै पार्टीले आगामी दिनमा सापेक्षित नितीहरु निमार्ण गर्नुपर्ने धारणा उनको रहेको छ ।
नौं बुंदे घोषणा निम्न रहेको छ-
१. संगठनलाई मजबुत बनाउन प्रत्येक क्षेत्रहरूलाई सांगठानिक शसक्तिकरणको लागि रचनात्मक कार्यक्रमहरूको सर्कुलर जारि गरि परिचालन गर्ने।र क्षेत्रगत हिसाबमा आबस्यकतालाई पहिचान गरेर थप संगठन बिस्तार गर्ने।
२.पार्टी भित्र मौलाउंदै गएको गुटबन्दी, नातावाद, कृपावादलाई हटाउन सहमति र सहकार्यको राजनीतिलाई प्रधानता ठानेरसबैलाई समान व्यवहार गरि सबैले अपनत्व गर्न सक्ने संगठन निर्नाण गर्ने।
३.कोरीयामा रहेका कांग्रेसजनहरुको नामावली र फोन डायरी संकलन गरी क्रियाशिल तथा साधारण सदस्यहरूको अभिलेख अनलाईन मार्फत राख्ने।
४. ने.बि.संघ, तरूण दल र महिला संघ लगायत संगठनका अन्य विभागलाई क्रियाशील बनाउने।
५.नेपाली कांग्रेस पार्टीले गरेको त्याग, संघर्ष र बलिदानबाट प्राप्त भएको प्रजातन्त्र / लोकतन्त्र दिवसहरूमा चेतनामूलक रचनात्मक (गोष्ठि, सेमिनार, प्रशिक्षण) कार्यक्रमहरू आयोजना गर्ने।
६.संगठनले गरेका हरेक क्रियाकलापहरू सम्पूर्ण कांग्रेसजनसम्म सूचना प्रवाह गर्न संगठनको आधिकारिक फेसबुक पेज वा होमपेज बनाउने।
७. शान्ति, सद्भाब र एकता कायम गर्दै कोरीयाका बिभिन्न संघ-संस्थाहरूले गरेको हरेक खालका सामाजिक क्रियाकलापहरूमा संगठनको तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने।
८.नेपाल र कोरीयाको कुटनैतिक सम्बन्ध बिस्तार गर्न संबन्धित निकायहरूमा पहल कदमि गर्दै आवश्यक भूमिका निर्वाह गर्ने।
९. विभिन्न देशमा फैलिएका जन-सम्पर्क समितिहरुसंग समन्वय गरी नेपाली कांग्रेस पार्टीले तय गर्ने नीति तथा कार्यक्रममा प्रवासबाट आवश्यक सल्लाह एवं सुझाव प्रदान गर्न सामूहिक पहल गर्ने।