नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था र भजिन्द्र विच कडा प्रतिस्पर्धा हुने
नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको यही मे ६ तारिख आइतबार हुने महाधिवेशनमा सभापति पदका लागि आस्था विन्दु मल्ल र भजिन्द्र क्षेत्री विच प्रतिस्पर्धा हुने भएको छ ।
को को छन प्रतिस्पर्धामा ?
सभापति पदको लागि वर्तमान उपसभापति भजिन्द्र क्षेत्री र वर्तमान सल्लाहकार आस्था विन्दु मल्लले उम्मेदवारी घोषणा गरेका छन । सभापति संगै अन्य पदका लागि पनि उम्मेदवी दिने क्रम जारी छ ।
हालसम्म उपसभापतिमा वर्तमान महामन्त्री जीतेन्द्र महता, वर्तमान प्रवक्ता नवराज वाग्ले, केन्द्रीय सदस्य पूर्ण पौंडेल, क्षेत्रीय सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि लक्ष्मण दहाल , पूर्व क्षेत्रीय सभापति सुवास योगी र भिमराज चेम्जोँङ देखिएका छन ।
यसैगरी महामन्त्रीको उम्मेदवारमा हालको केन्दीय सदस्य कमल बहादुर मगर .(कुमार) र पूर्व सह महामन्त्री गणेश तिमिल्सिनाले प्रतिस्पर्धा गर्ने भएका छन । यसैगरी सह महामन्त्रीमा आन्सान क्षेत्रीय सदस्य मित्र बन्धु काफ्ले र क्ष्ँोत्रीय सदस्य राम प्रसाद उप्रेती मैदानमा आउने देखिएको छ । कोषाध्यक्षमा केपि चौलागाईको नाम हाल सम्म आएको छ ।
उम्मेदवारी आउने क्रम जारी रहेकोले यी नामहरु भन्दा अरु पनि महाधिवेशन अवधि सम्म आउन सक्ने छ ।
कसले मार्ला बाजी ?
वर्तमान उपसभापति भजिन्द्र क्षेत्रीले सउल क्षेत्रिय सभापतिमा समेत रहेर काम गरिसकेका हुदा सउल लगायत संगठन भित्र राम्रो पकड देखिएको छ । संगठन भित्रका महाधिवेशन प्रतिनिधिहरले सभापति चुन्ने हुदा क्षेत्रीले चुनाव जित्ने दावी गरिएको छ ।
उता तेश्रो पटक सभापतिको उम्मेदवार रहेका वर्तमान सल्लाहकार आस्था विन्दु मल्ला यसपटक चुनाव जित्नेमा आशावादी देखिएकी छन । दुईपटक केन्द्रीय सदस्य भईसकेको र दुई पटक सोही पदमा पराजित भएको कारण उनलाई सहानुभूतिको पनि मत आउन सक्छ ।
पव्लिक पकड राम्रो भएको , महिला र फेन्थेक लगायत क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरुमा बहुमत रहेको दावीको साथ मल्लले बाजी मार्ने अडकल गर्ने पनि उत्तिकै देखिएका छन ।
सभापति पदमा पछिल्लो पटक पनि थोरै मतान्तर देखिएकोले यस पटक पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ । श्रोतका अनुसार सहमतिको लागि अन्तिम प्रयास हुने भएपनि दुई पक्ष चुनावी मैदानमा उत्रि सकेका छन ।
नेपालमा जस्तो देउवा र पौडेल ,सिटौंला जस्ता गुट प्रत्यक्ष भने देखिएको छैन । अप्रत्यक्ष रुपमा पौडेल र देउवा ग्रुप जस्तो देखिए पनि कोरियाको स्थानीय नेतृत्व अनुसार दुई पक्ष मिश्रित बनेर मैदानमा आउन लागेको श्रोतको दावी छ ।