महामन्त्री पदका दावेदार गणेश प्रसाद तिमिल्सिना के भन्छन् त?


नेपाली कांग्रेसको प्रवास विभाग जनसम्पर्क समिती कोरियाको महाधिवेसन यहि मे ६ तारिकमा सम्पन्न हुन लागेको छ। उक्त महाधिवेसनको लागि महामन्त्री पदमा गणेश प्रसाद तिमिल्सिनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

आफ्नो उम्मेदवारी घोषणासँगै महामन्त्री पदका दाबेदार गणेश प्रसाद तिमिल्सिना दोस्रो महाधिवेशनमा सह( महामन्त्री भएर काम गरेको अनुभव सहित विभिन्न जिम्मेवारी बहन गरेका अनुभवहरुले पाँचौ महाधिवेशनमा महामन्त्री पदको उपयुक्त उमेदवारको रुपमा आफुलाई लिएका छन् । महामन्त्री पदमा उमेदवारी दिएका गणेश प्रसाद तिमिल्सिनाको लेख जस्ताको तस्तै:

नेपाली जनसम्पर्क समिती नेपाली काँग्रेसको प्रवासी भातृ संगठन हो। नेपालमा पञ्चायत कालिन युगमा भारतका विभिन्न शहरहरुमा ठूलो संख्यामा नेपालीहरु अध्यान र रोजगारीका सिलसिलामा रहेका थिए। नेपालमा पञ्चायती राज्य ब्यवस्था थियो। शासकहरुले नेपालमा दलहरुलाई प्रतिबन्ध र नेताहरुलाई धरपकड संगै कारागार सजाय गराई रहेको थियो।

त्यसैले भारतमा रहेर राजनीतिक गतिविधि सञ्चालन गर्न नेताहरुलाई केही सहज थियो त्यहीँ बखतमा त्याहाँ रहेका नेपालीहरुलाई राजनीतिमा सहभागी बनाउदै संगठन मजबुत बनाउने धेयले नेपाली काङ्ग्रेसका नेताहरुले बि. पि. कोईरालाको आदेशमा नेपाली जनसम्पर्क समिति भारत गठन गरेर राजनीतिक गतिविधि अगाडी बढाएको बिगत पाईन्छ । २०४६ सालको राजनैतिक परिवर्तनसँगै बिश्वका बिभिन्न मुलुकहरुमा नेपालीहरू शिक्षा, रोजगार तथा अन्य बिभिन्न शिलशिलामा बिदेशिने प्रचलन तिब्र रुपमा बढे सँगै ति देशहरूमा रहेका नेपालीहरु जो लोकतान्त्रिक मुल्य मान्यतालाई बिश्वाश राख्ने नेपाली काङ्ग्रेस पार्टी प्रती आस्थावान साथिहरू एकिकृत भई नेपाली जनसम्पर्क समितीको स्थापना हुने क्रम सुरू भएको पाईन्छ।

त्यसै क्रममा सन २००६ मा नेपाली जनसम्पर्क समिती दक्षिण कोरिया स्थापना भई पार्टिको निर्देशन अनुरूप काम गर्दै कोरियामा हुने सुख दुःखमा साथ दिदैँ समाजसेवा, परोपकारी तथा राजनीतिक गतिविधि सञ्चालन गर्दै आईरहेको छ। स्थापना काल देखि अनेकौँ आरोह/अवरोहका बिच दशकौ लामो यात्रामा पाचौँ महाधिबेशनसम्म ल्याई पुर्याउनु हुने संस्थापक सदस्य ज्युहरू,अग्रज सल्लाहकार ज्युहरू, पुर्व सभापतिज्युहरू लगायत वर्तमान कार्यसमितिका साथिहरूलाई हृदय देखि हार्दिक धन्यबाद एबं आभार प्रकट गर्न चाहन्छु।

पाचौँ महाधिबेशनको तैयारी स्वरूप भर्खरै सर्वसम्त चयन साथ सम्पन्न आठै वटा क्षेत्र बाट चयन हुनु हुने क्षेत्रिय सभापति ज्युहरू लगायत सम्पुर्ण क्षेत्रीय कार्यसमितीका साथिहरू साथै सम्पुर्ण महाधिबेशन प्रतिनिधि ज्यु हरूमा हार्दिक बधाई दिन चाहन्छु।जसरि हामिले क्षेत्रिय अधिबेशन सर्वसम्बत सम्पन्न गर्न सक्यौँ त्यसै गरि नै केन्द्रिय महाधिबेशन पनि सर्वसम्बत नेतृत्व चयन गरि सम्पन्न गर्न सकियोस भन्ने चाहाना र आँशा छ। यसका लागि हामीले अन्तिम सम्म पनि पहल गर्ने नै छौ।

आज यो घडि सम्म आई पुग्दा धेरै राजनीतिक आरोह अबरोह पार भएको महसुस गरेको छु। बि.स.२०५२ सालमा ने.बि संघको साधारण सदस्यता लिएर माध्यमिक बिद्यालय ईकाई समितिमा ईकाई सभापति भएर काम गरे । त्यसै दिनदेखी हृदयमा काङ्ग्रेस गढेको छ। यो जीवन्तसम्म रहनेछ। म खुसी छु। यो हाम्रो महाधिवेशनमा मैले ने.बि संघको सदस्यता लिदा केन्द्रीय अध्यक्ष रहनु भएका आदरणी नेता गोबिन्द भट्टराई बिशेष अथिति बनेर आउनु भएको छ ।

जब कलेजको अध्यान शुरु भयो मस्तिष्कमा राजनीतिले झन धेरै ठाउँ बनायो। विभिन्न तहमा रहेर काम गर्ने जिम्मेवार बहन गर्ने एक किसिमको आदत नै बन्यो। बि. स. २०६२ र ६३भन्दा अगि पार्टीले आयोजना गरेका अनेकौं आन्दोलनहरुमा राजधानीमै आएर पनि भाग लिने गरिन्थ्यो। त्यस समयमा दुई पटक प्रहरी गिराफ्तारीमा परेको क्षण कहिल्यै बिर्सन नसकिनेछ। ६२ र ६३ को आन्दोलनमा युवा परिचालनको जिम्मेवारी समालेर आन्दोलनको मोर्चामा रहदा उत्तेजित भाषण गरेको अभियोगमा प्रहरी खोजिमा परेर परालको टौवामा केही रातहरु बिताउनुको पीडा अझ दिलचस्वी छ।

सन २००९ मा कोरिया छिर्दा अब केही समयलाई काङ्ग्रेस र चारताराबाट बिरानो भईन्छ कि भन्ने लाग्थ्यो यो चिन्ताबाट पनि दुर जनसम्पर्क समिति द.कोरियाले गराएको छ। हामी संगठित भएर पार्टीका विभिन्न राजनीतिक गतिविधि गर्न पाएका छौ। यसले हाम्रो राजनीतिक यात्रालाई मतबुद बनाएको पाएको छु।

दोस्रो महाधिवेशनमा सह-महामन्त्री भएर काम गरेको अनुभव सहित विभिन्न जिम्मेवारी बहन गरेका अनुभवहरुले मलाई पाँचौ महाधिवेशनमा महामन्त्री पदको उपयुक्त उमेदवार म पनि हु भन्ने ठाउँमा पुराएको सबैमा अबगत गराउन चाहान्छु।

म निष्ठा र ईमान्दारी राजनीतिको पक्षपाति हु। त्यसैले म सबै घटनाक्रमलाई अति सहज तरिकाले लिन सक्ने सामर्थ्य राख्दछु। हाम्रा अग्रज नेताहरुले अबलम्बन गर्नु भएको राजनीतिक सिद्धान्त र बाटो नै बिश्व राजनीतिको सर्वोच्च राजनितिक बिचार हो भन्ने आधार सहित ब्याख्या गर्न सक्नु पर्छ भन्ने मान्यतामा म छु।

म आफुले जनसम्पर्क समिति द। कोरियाको महामन्त्री पदमा दाबी गर्दै गर्दा निम्न बमोजिम प्रतिबद्धता लिएर हजुरहरुको बिचमा आएको जानकारी गराउन पनि चाहनन्छु।

१. पार्टीको मुल सिद्धान्तलाई सधै अग्रहणी स्थानमा राखेर अगि बढ्ने र बढाउने छु।
२. संगठन भित्र प्रत्येक गतिविधि सञ्चालन गर्दा संस्थागत रुपले सञ्चालन गर्ने जमर्को गरिरहने छु।
३. अन्य मुलुकहरुमा सक्रिय रहेका जनसम्पर्क समितका नेताहरुसंग सम्पर्क बढाउदै पार्टीको संगठनलाई हित र फाईदा पुराउने बाटोहरुको खोजि गरिरहने छु।
४.यहाँ पनि अग्रजहरु र सहयात्री साथीहरुसंग राम्रो समन्वय गरि अगि बढ्ने र बढाउन लागिरहने छु।
५.संगठन भित्र रहेर काम गरिरहनु भएका सम्पूर्ण साथिभाईहरु एबं नेता गणहरुको महत्व र मर्यादाको हेक्का गर्दै अगि बढ्ने छु।
६.सशक्त संगठन निर्माणका लागि हामी सबै एक ढिक्का हुनुको बिकल्प छैन यसलाई नजर अन्दाज गर्दै सबै तह र क्षेत्रहरुमा सक्रिय नेता गणहरुमा समन्वयता कायम गरि बढ्ने र बढाउने छु।
७. संगठित एबं प्रशिक्षित जनसम्पर्क समिति द। कोरिया हामी सबै काङ्ग्रेसजनहरुको चाहाना हो।यो पूरा गर्न यहाँ सक्रिय रहनु भएका बौद्धिक नेतागणहरु,पुर्व सभापतिज्युहरु र हामी सबै मिलेर कसरी पूरा गर्न सकिन्छ त्यसका लागि छलफल मार्फत बाटो तय गरेर अगि बढ्ने भरमग्दुर कोसिस गर्ने छु।
८. बिधि, बिधान, निष्ठा र ईमान्दारी राजनीतिको बाटोबाट कहिल्यै बिचलित हुने छैन।
९. कोरियामा सक्रिय अन्य राजनीतिक दलहरुका प्रवासि भातृ संगठनका नेता गणहरुसंग नजिकको सम्बन्ध स्थापित गर्दै हाम्रो पार्टीको मेलमिलापको निति मार्फत सबैमा नजिकको सम्बन्ध स्थापित गर्ने कोसिसमा रहिरहे छु सथै याहाका सबै संघ सस्थाहरु संग समन्वय निर्वाहा गरिरहने छु।
१०. जन सम्पर्क समिती द। कोरियाले प्रप्त गरेको राजनीतिक मूल्य मान्यता स्थापित राखिराख्न सधै लागि रहने छु। नेपालीहरुको चाप बढेका ठाउँमा बिधान सम्मत रहेर साथिहरुले नयाँ क्षेत्रहरुको माग राख्नु भयो भने सो आवश्यकताको अध्यान गरि काम कार्वाही अगि बढाउन सबैमा अपिल एबं सहयोग गर्ने छु।
११. नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यलयमा सम्पर्क बढाउदै पार्टीका हरेक गतिविधि हाम्रो भाईवर ग्रुप मार्फत हजुरहरु माझ ल्याउने कोसिस गरिरहने छु।
अन्तयमा महाधिवेशन पश्चात् सबै खाले नतिजालाई हामी सबैले सामान्य रुपमा लिएर संगठन हितका खातिर सबै काङ्ग्रेस परिवार एक ठाउमा उभिने छौ।
जय नेपाल।।।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...