तेस्रो भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) जुन ३ मा हुने
थकाली सेवा समाज दक्षिण कोरियाले बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि तारा खेल (अार्चरी) काे अायाेजना गर्ने भएकाेछ। केहि बर्ष देखि थकाली समुदायको महान पर्व तोरन्ल्हको (फागु पुर्णिमा) अवसर पारेर तारा खेल प्रेमीहरुको मध्यनजर गर्दै भुपी शेरचन स्मृति तारा खेल (आर्चरी) आयोजना गर्दै आएको थियो।
तर यस वर्ष बिबिध कारणवश उक्त खेल थकाली समुदायको महान पर्व तोरन्ल्ह(फागु पुर्णिमा)कै अवसरमा आयोजना गर्न नसकिएको हुनाले भूपी शेरचन स्मृति तारा खेल (आर्चरी) यहि आउँदो जुन ३ तारिख आईतबारको दिन गत वर्ष आयोजना गरिएको स्थानमा नै आयोजना हुन गइ रहेको थकाली समाजका सचिब सुदन ज्वारचनले जानकारी गराएका छन्।
साथै काेरियामा क्रियाशिल सम्पुर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , समाजसेबी ,खेल प्रेमी दाजुभाइ तथा दिदि बहिनी हरूलाइ उपस्थित भै कार्यक्रमकाे शाेभा बढाइ दिनु हुन पनि अायाेजकले हार्दिक अनुराेध गरेकाे छ भने उक्त दिनमा सकभर कार्यक्रमहरु नजुदाई दिनुहुन सम्पुर्ण संघ संस्थाहरुमा थकाली सेवा समाज दक्षिण कोरियाले अनुरोध पनि गरेकाेछ।
तारा (आर्चरी) खेल हुने मैदान : 목동 양궁장 मोक्दोङ याङ कुङ जाङ मिति: 2018 जुन 3 तारिख
जाने तरिका: 5 न लाईन ओमेक्ग्यो स्टेशन गेट न 4 ( पाँच मिनेट हिँडेर) 오목교역 4번 출구 방화 जाने तिर
थप जानकारीका लागि: दिनेश हिराचन 01087417613 भक्त शेरचन 01026729576 सुदन जुहारचन 01048057613 नवीन शेरचन 01021286474