जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल बिजयी
नेपाली काङ्ग्रेसको प्रवासि भातृसङ्गठन जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल अत्याधिक मतले बिजयि भएकी छ्न्। आईतवार राजधानी सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै उनि निर्वाचित भएकी हुन्। कोरियामा राम्रो व्यवसायि छवि र विद्धान महिलाको रुपमा चिनिने आस्थाकाे विजयीले यहाँका महिला र उनका समर्थक उत्साहित भएका छन् ।
चर्चित यूवा नेता गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरूको उपस्थितीमा भएको अधिबेशनमा उपसभापति पदमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुबास योगि निर्वाचित भएका छन । त्यस्तै महामन्त्रिमा कुमार थापा , सहमहामन्त्रिमा मित्रबन्धु काफ्ले , कोषाध्यक्षमा केपि चौलागाई निर्वाचित भएका छन ।केन्द्रिय सदस्यहरूमा याेगेन्द्र भट्टरार्इ,सिताराम तिमिल्सिनना, खेमराज देवकाेटा,रत्न लिङथेप, पुश्कर राज भट्ट ,मनाेज थापा र ध्रुर्ब पाण्डे बिजयी भएका छन्।
‘नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अनबरत अभियान ,लोकतान्त्रिक मुल्यमा आधारित समृद्ध रास्ट्र निर्माणमा योगदान’ भन्ने मुल नाराका साथ सम्पन्न उक्त महाधिवेशनलाई सम्बोधन गर्दै युवानेता गगन थापाले देश बिकासको निम्ति कुरा गरेर मात्र नभई काम गर्नु पर्ने धारणा राखेका थिए । कोरियाको उदाहरण दिदै उनले भने, ‘हाम्रो देश नेपालले पनि विकासको फड्को मार्नको लागि काम गरेर देखाऊनु पर्छ।’