चलचित्र “शत्रु गते” मे १३ तारिख किम्हेमा प्रदर्शन हुने
बुसान, सुपरहिट चलचित्र ‘शत्रु गते’ यही मे १३ तारिख आईतबार किम्हेमा प्रर्दशन हुने भएको छ । न्यू भिजन ग्रुपको आयोजनामा देखाउन लागेको फिल्मबाट प्राप्त आम्दानीबाट धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने बताएको छ । चलचित्र किम्हेमा फिल्म देखाईदै आएको बसपार्क नजिकको किम्हे मुन्हावन हलमा देखाईने कार्यक्रममा उपस्थित भई सफल पार्न आयोजकले किम्हे,बुसान आसपासका नेपालीहरुलाई अनुरोध गरेको छ ।
नेपालमा दर्शकहरुको अपार माया पाउन सफल चलचित्र ‘शत्रुगते’ कोरियाको सोल, थेगु लगायत ठाउँमा सफलताको साथ प्रर्दशन भईसकेको छ ।
कार्यक्रममा क्यूएस रेमिटको सेवा लिन पाईने छ भने हिमालयन बैंकको खाता समेत खोल्न सकिन्छ ।दिउँसो २ बजेबाट शुरु हुने फिल्म प्रदर्शनको लागि तयारी पुरा भएको संयोजक हरि थपलियाले जानकारी दिएका छन ।