कोरियाबाट बन्दी सहायता नेपाललाई मगर संघ किम्हे शाखाको रु.२ लाख सहयोग


नेपाल मगर संघ किम्हेरबुसान शाखाले सलनालको अवसरमा १५ फेब्रुवरीमा किम्हेमा आयोजना गरेको झोर्ले सांगितीक सौगात भाग १ कार्यक्रमको उदेश्य अनूरूप बन्दी सहायता नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ।

नेपाल मगर संग किम्हे बुसान शाखा स्थापना गर्न अगुवाई गर्नु हुने संस्थापक सल्लाहकार द्धय केबी पुन, कर्ण पुन सल्लाहकार सुवाश थापा, सदस्य अर्जुन श्रीष नेपाल मगर संघ दक्षिण कोरियाका निवर्तमान सह(कोषाध्यक्ष शुसीला थापाले संयुक्त रूपमा बन्दी सहायता नेपालकी अध्यक्ष ईन्दिरा राना मगरलाई रू २०२०२० (दुई लाख २ हजार बिस ) को चेक हस्तान्तरण गरेका थिए ।

बन्दी सहायता नेपाल अपराधीक कार्यमा संलग्न भै जेल जीवन बिताईरहेका आमाबुबाको बालबच्चाहरूलाई पालनपोषण तथा शिक्षा दिने संस्था हो ।

सांगीतिक कार्यक्रममा व्यक्क्तिगत तथा संस्थागत सहयोगबाट १,५६,६०,०६३ वन टिकट बिक्रीबाट १,६५,७५,००० वन प्रायोजक, स्टल, ब्यानर, पोष्टर, टिकट सौजन्यबाट ५६,२०,००० वन गरी कुल आम्दानी ३,७८,५५,०६३ वन भएको थियो । कुल खर्च ३,२६,३०,१०० वन भएको थियो । बचत ५२, २४,९६३ वन भएको थियो ।

सांगितीक कार्यक्रमलाई सफल बनाउनका लागी प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने कलाकार प्रायोजक, समाजसेवी , व्यवसायी, बुद्धीजीवी, पत्रकार, विद्यार्थि लगायत उपस्थित सबैलाई आयोजकले धन्यावाद दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...