तमुधिँ कोरियाको थेगु क्षेत्रिय शाखा गठन


लेसन गुरुइ०

दक्षिण कोरियामा बसोबास गर्दै आएका गुरुइ० समुदायको साझा संस्था तमु धिँ दक्षिण कोरियाले क्षेत्रिय शाखा गठन गरेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको कोरियाको एक मुख्य शहर थेगुमा गत हप्ता पहिलो क्षेत्रिय शाखा गठन गरेको हो ।

थेगु वरीपरी विभिन्न पेशा र व्यवसाय गरी बसोबास गरेका तमु समुदायहरुलाई समेटी सम्पन्न अधिवेशनले हर्क गुरुइ०को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा विनोद गुरुइ० र राजु गुरुइ० , सचिवमा बिल गुरुइ०, सहसचिवमा दुर्गा गुरुइ०, कोषाध्यक्षमा मणि गुरुइ० , सह कोषाध्यक्षमा सञ्चिता गुरुइ० चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रितेस गुरुइ०, शोभा गुरुइ० र राम गुरुइ० रहेका छन भने तत्कालै सम्पन्न कार्यसमितीको बैठकले थेगु निवासी तमु धिँका आजिवन सदस्य मानसिंह गुरुइ०लाई बरिष्ठ सल्लाहकार र वेगन निवासी व्यवसायी बाबुराम गुरुइ०लाई सल्लाहकार चयन गरेको छ ।

ओखलढुगां सेवा समाज कोरियाका अध्यक्ष मानसिंह गुरुइ०को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सउलबाट पुगेका केन्द्रिय अध्यक्ष जित गुरुइ०ले नव कार्यसमितीका सम्पूण पदाधिकारीहरुलाई खादा ओढाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा तमु धिँका बरिष्ठ सल्लाहकार गुप्त गुरुइ०को विषेश आतिथ्य रहेको थियो भने संस्थाका सल्लाहकार तथा संस्थापक सदस्य बेल गुरुइ०, केन्द्रिय सल्लाहकारहरु प्रदिप गुरुइ०, सुरज गुरुइ०, अमृत गुरुइ०, प्रितम गुरुइ० लगायत विभिन्न पदाधिकारी र सक्रिय तमु समाजकर्मीहरुको बाक्लो उपस्थीतीमा प्रथम क्षेत्रिय अधिवेशन सम्पन्न भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...