ईलाम सुर्योदय सेवा समाज कोरियाद्धारा तीन रोगीलाई आर्थिक सहयोग प्रदान
ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाले हालै एक कार्यक्रम गरी जिल्लवासी तीन जना विरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
कार्यक्रममा ईलाम जिल्ला सन्दकपुर निवासी मुटु रोगी निसानी साउदेनलाई रु.३०००० (तीस हजार ) ईलाम नगरपालिका वार्ड नस् ५ निवासी आगोले पोलि गम्भिर बिरामी भएका निरु राईलाई रु. ६२,००० (बैसठी हजार) हस्तान्तरण गरिएको थियो ।
त्यसैगरि ईलाम नगरपालिका वार्ड नस् ४ निवासी पुर्ण भरतपुर क्यान्सर हस्पिटलमा उपचारत व्लड क्यान्सर रोगी १४ बर्षिय रितिक घिमिरे लाई रु(३,१०००० (तीन लाख दश हजार) समाजले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
जिल्ला विकास समितीको हलमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति गणेश बराल , एलडियो झरेन्द्र चापागाई , र ईलाम उधोग बाणिज्य संघका अध्यक्ष आन्नद कट्टेल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरु र समाजसेवीको उपस्थितीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।