कोरियामा दुई वाम पार्टीबीच भएको एकिकरणलाई स्वागत गर्दै दिप प्रज्वलन गरिने
गत जेठ ३ गते नेपालमा नेकपा एमाले र माओवादी पार्टीवीच भएको एकिकरणलाई स्वागत गर्दै दक्षिण कोरियामा रहेका वाम संगठनहरुले दिप प्रज्वलन गरी स्वागत गर्ने भएका छन् ।
तत्कालिन नेकपा एमाले र मावोबादि पार्टीका कोरिया स्थित प्रबास सङ्गठनले कोरियामा एकिकरणको खुसियालिमा आगामी आइतबार सौलमा दिपावली कार्यक्रम गरिने बताइएको छ ।
ओएनएफ कोरिया र जनप्रगतिसिल मन्च सङ्ग सम्बद्ध सबैलाई सौलको दोङ्गदेमुनमा अपरान्ह ४ बजेपछि उपस्थितीका लागि दुबै सङ्गठनद्धारा अनुरोध गरिएको छ ।