किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर बने विजेता


किम्हे, एन आर एन कोरिया ख्यंगसांगनाम्दो शाखाको आयोजनामा आईतबार किम्हेमा भएको पुल प्रतियोगितामा जोसेफ मगर विजेता बनेका छन । किम्हे स्थित न्यू लिटिल ईन्डिया रेष्टुरेन्टमा भएको प्रतियोगितामा दुर्गा रेष्टुरेन्ट किम्हेको तर्फबाट संतोष खवास उप विजेता बनेका छन । निकै प्रतिस्पर्धात्पक बनेको फाईनल खेलमा ३–२ को सेटमा जोसेफ मगरले सन्तोष खवासलाई पराजित गरेका हुन ।

विजेताले ट्रफी अनि प्रमाण सहित ५ लाख वन जितेका छन भने उप विजेताले ट्रफि,प्रमाण पत्र सहित ३ लाख पाएका छन । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष खेम कार्की, कार्यक्रमका सभापति एन आर एन कोरिया ख्यंगसांगनाम्दो शाखा अध्यक्ष निरज पाण्डे, अथिति तथा न्यू लिटिल ईन्डियाका संचालक गोविन्द पाण्डेले शिल्ड तथा प्रमाण पत्र प्रदान गरेका छन ।

विहान १० बजे देखि बेलुका ८ बजे सम्म भएको निकै रोचक खेलमा ४० खेलाडीको सहभागिता थियो भने दर्शकहरुले पनि खेल समयभरी उत्साहपूर्वक साथ दिएर कार्यक्रम भव्य बनाउन सहयोग गरेका छन । कार्यक्रमका सभापति शाखा अध्यक्ष निरज पाण्डेले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै खेलाडी, रेफ्रि, स्वयंसेवक, कार्यसमिति लगायत सम्पूर्ण अथिति तथा सहभागिलाई हार्दि धन्यवाद ज्ञापन गरेका छन । यो खेलले कोरियामा रहेका नेपालीहरुविचको आत्मियता बढनुको साथै मनोरन्जन समेत दिएको आयोजकले बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...