काेरियामा ढाेरपाटन भलिबल प्रतियाेगिताकाे टार्इ सिट यहि मे २७ मा हुने।
बिगतमा पॉंच पटक सफल भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको बाग्लुङ सम्पर्क समिती दक्षिण कोरियाको आयोजनामा यस बर्ष छैठौ पटक ”शारिरिक तन्दुरुस्ती रास्ट्रिय खेलको प्रब्रद्धन र आपसी सदभाबका लागि खेलकुद भन्ने नाराका साथ “ढोरपाटन कप २०१८ “आयोजना गर्ने भएको छ। उक्त प्रतियाेगिताकाे लागी नाम दर्ता र खेल तालिका प्रकाशन यहि मे २७ तारिख हुने भएकाेछ।
दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम अर्जुनजङ बहादुर सिंह ज्युको प्रमुख आतिथ्यमा आगामी जून ३ तारिखका दिन ढोरपाटन कप २०१८ मैत्रिपूर्ण भलिबल प्रतियोगिता कोरियाको राजधानी सौलमा आयोजना हुनेछ । दक्षिण कोरियामा रहेका विभिन्न भलिबल टिमहरुको बिचमा हुने प्रतियोगिता अन्तर्गत यो बर्षको सिजनमा हुने प्रतियोगिता बाग्लुङ सम्पर्क समितीले आयोजना गर्न लागेको हो ।
प्रतियाेगिता स्थलमा नेपाली खाजाका स्वादिष्ट परिकारहरूकाे ब्यवस्थापन गरिएकाे अायाेजकले जनाएकाेछ। दक्षिण काेरियामा रहेका सम्पुर्ण क्रियाशिल संघ संस्थाहरूकाे प्रमुख तथा प्रतिनिधिहरू, समाजसेबि,ब्यवसाहि,खेलकुद प्रेमी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलार्इ उपस्थित भइ कार्यक्रमकाे शाेभा बढार्इ दिनु हुन समितिका अध्यक्षका सुबास लामिछानेले हार्दिक अनुराेध गरेका छन्।
मिति: ३ जून २०१८ आईतबार
समय:बिहान ९:०० बजेदेखि बेलुका ७:०० बजेसम्म
स्थान: ( 강 북구 청소 년 수련 관 सुयु सौल ) गत महिना पुन समाज कोरियाले आयोजना गरेको कवर्ड हल )
टिम दर्ता र खेल तालिका सार्बजनिक: मिति: मे २७ तारिख आइतवार
समय: दिउंसो १२:००बजे स्थान: नाङ्लो रेष्टुरेन्ट ,दोङ्देमुन ,सौल (सौल मेट्रो लाईन नं १ दोङ्देमुन स्टेसन गेट नं ३)
(प्रतियोगिता स्थलमा विभिन्न स्वादिष्ट नेपाली परिकारहरुको स्टल रहनुका साथै मनोरञ्जनात्क साँस्कृतिक कार्यक्रम पनि हुनेछ।)