भद्रगोल टेलिसिरियले तामाङ समुदायको अपमान गरेकोमा तामाङ संघ दक्षिण कोरियाको बिरोध
नेपाल तामाङ संघ दक्षिण कोरियाले नेपाली टेलिसिरियल भद्रगोल( १७१) अंकमा सुन तस्करीमा तामाङ समुदायलाई जोडेर देखाएको प्रति विरोध जनाएकोछ ।
संघले बिज्ञप्ति जारी गर्दै उक्त शृङ्खला तुरुन्त युट्युबबाट हटाई अब प्रसारण हुने शृङ्खलामा माफी माग्न माग गरेका छन् । बिज्ञप्तिमा भनिएको छ, ‘सुन तस्करको पात्र किन तामाङ ? र उनलाई जबर्जस्ती तामाङ भाषा किन बोल्न लगाइयो ? यसमा हाम्रो आपत्ति छ ।’
संघको अध्यक्ष मेघप्रसाद वाइबा र महासचिव गोकुल थोकरको संयुक्त हस्ताक्षरमा जारि गरिएकोे उक्त बिज्ञप्तिमा सो टेलीसिरियलले तामाङ भाषा र समुदायको मुल्य मान्यतालाई अपमान गरिएको उल्लेख छ ।
‘भद्रगोलले अन्य समयमा धेरै बिषय बस्तुको कथा देखाउँदा कतै तामाङ समुदायका राम्रा पक्ष कहिल्यै नदेखाएको र सुन तस्करीको दृश्यमा तामाङलाई नै किन देखायो त ?’ साथै टेलिसिरियल प्रसारण गर्ने संस्था नेपाल टेलिभिजनले पनि समुदाय बिशेषलाई हेय फैलाउने कार्यक्रमहरु प्रसारण नगर्न संघले माग राखेको छ ।
‘समयम नै हाम्रो माग सम्बोधन नगरे यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी कार्यक्रम निर्माण पक्षको हुने बिज्ञप्तिमा जनाइएको छ ।’ विश्वभरीबाट उक्त कार्यक्रमको विरोध हुने क्रम जारि नै छ । नेपाल तामाङ घेदुङ, नेपाल प्रवासी तामाङ समाज कतार लगाएतका संस्थाले विरोध जनाएका छन् ।
बिज्ञप्ति