कोरियामा “बिर्सिएको मृत्यु” को बिमर्श हुने
आगामी जुन ३ तारेख कोरियाको राजधानी सौलमा महिला अधिकारकर्मी एवं लेखिका प्रगति राईको पछिल्लो किर्ती “बिर्सिएको मृत्युु ” माथी विमर्श हुने भएको छ।
सौलको तोङ्देमुनस्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाली साहित्य समाज, दक्षिण कोरियाका अध्यक्ष यल्जी विवशले जानकारी दिनुभएको छ। नेपाली साहित्य समाज (नेसास) तथा आप्रवासी मिडिया( MW TV)ले संयुक्त रुपमा आयोजना गर्न गैइरहेको यस कार्यक्रममा मुलतः बिर्सिएको मृत्यू माथी बहस हुनेछ भने कार्यक्रमको अर्को चरणमा स्थानीय कवि तथा साहित्यकारहरुको रचनावाचन समेत हुने अर्को आयोजक संस्था MW TV का तर्फबाट डम्बर सुब्बाले जानकारी गराउनुभयो।
यसअघि “लेखककी स्वास्नी” तथा “वादी विज्ञप्ति” जस्ता चर्चित किर्तीहरु पस्किसकेकी लेखिका प्रगति राई यस कार्यक्रमको बिशेष आकर्षण हुनेछिन्।”बिर्सिएको मृत्युु” को परिचर्चा कार्यक्रममा स्वयं लेखिका नै उपस्थित हुने खबरले यहाँका साहित्यप्रेमिहरु अत्यन्तै उत्साहित छन् ।”बिर्सिएको मृत्युु एक बिमर्श एवं साहित्यिक सृजनावाचन-२०१८” नाम दिईएको यस कार्यक्रममा राजनितिकर्मी एवं लेखक मिलनकान्छा किराँती,कवि एवं इतर आवाज साहित्य समाज,कोरियाका शिर्षबिन्दु पराजित पोमु र कवि एवं अन्तरास्ट्रिय नेपाली साहित्य समाज,दक्षिण कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारङ्गद्वारा प्रस्तुत किताबमाथी बिमर्श गरिनेछ।
स्मरणीय यो छ कि लेखिका प्रगति राई दक्षिण कोरियामा नेपाली साहित्यको पहिलो संस्था नेपाली साहित्य समाज, दक्षिण कोरियाकि संस्थापक अध्यक्ष पनि हुन्।