अर्को वर्षको लागि इपिएस कोटा दश हजार दुई सय तोकियो
सोल
दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली इपिएसको कोटा आगामी वर्ष सन २०१९ को लागि १० हजार २ सय तोकिएको राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिए । मंगलबार सउल स्थित दूताबासमा आयोजित ११ औ गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा सो जानकारी दिएका हुन् ।
राजदूत सिंहले कोरियन सरकारले अघिल्लो बर्ष भन्दा यसपाली नेपालको लागि इपिएस कोटा बढाएको बताए । यसै वर्ष नेपाल र कोरियावीच इपिएस प्रणालीको पुन सम्भौता गरिने पनि उनले थपे । २००७ बाट शुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुन सम्झौता गरिदै आएका छ ।
इपिएस प्रणाली मार्फत कोरियामा रहेका १५ देशका कामदारहरु मध्ये नेपाली इमान्दारी र मेहनती भएकाले नै कोटा बढाएको राजदूत सिंहले स्पष्ट पारे । कोरियामा हाल कानुनी र गैर कानुनी गरी करिब ३५ हजार नेपाली कामदार रहेको अनुमान गरिएको छ ।
कार्यक्रममा गणतन्त्र देश कोरियामा रहेका नेपालीहरुले एक अर्कामा सद्भाव र सहकार्य गर्दै नेपालको अबको आर्थिक विकासमा टेवा पुराउन सके गणतन्त्र दिवसको सान्र्दभिक्ता हुने धारणा वक्ताहरुले राखे ।
कार्यक्रममा कोरियाका लागि पर्यटन प्रतिनिधी तथा एनआरएन कोरियाका संरक्षक केपी सिटौला, एनआरएन एसिया प्यासिपिक महिला संयोजक जुनु गुरुइ०, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुइ०, एनसीसीकी अध्यक्ष अञ्जु केसी, जनसम्पर्क समिती कोरियाका पूर्व अध्यक्ष गिरीराज कुवर र नवराज लम्साल र नवराज शिवाकोटीलगायका उपस्थीती रहेका थिए ।