कोरियामा ११ औ गणतन्त्र दिवस गोप्यरुपमा मनाएको भन्दै सामाजिक संजालमा आलोचना भएपछि राजदूताबासबाट विज्ञप्ती जारी
सोल
दक्षिण कोरियामा नेपाली राजदूताबासले केहीलाई मात्रै बोलाएर ११ औ गणतन्त्र दिवस मनाएको भन्दै केही स्थायिन अनलाई मिडिया र सामाजिक संजालमा टिका टिप्पणी भएकोप्रति दूताबासको ध्यानकर्षण भएको जनाएको छ । मंगलबाार दूताबासले जिज्ञप्ती जारी गरी यस्ता कार्यले नराम्रो सन्देश जाने भन्दै सचेत रहन समेत अग्रह गरेको छ ।
विज्ञप्तीमा यस्ता कार्यप्रति दूताबासले दुःख व्यक्त गरेको उल्लेख छ । शुभकामना कार्यक्रममा विभिन्न संघ संस्था र व्यक्तिहरुलाई निमन्त्रणा नगरेको गुनासोप्रति दूतावासले कोरियामा सक्रिय विभिन्न राजनितिक दलका भातृसंगठन, संघ संस्था, विद्यार्थि, पत्रकार सबैको प्रतिनिधित्व गर्दै ५० भन्दा बढीलाई निमन्त्रणा पठाएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
दूताबासले विज्ञप्ती सहित निमन्त्रणा गरिएको व्यक्ति तथा संस्थाको नामावली समेत सार्वजनिक गरेको छ ।