सबैलाई प्याराे लाग्छ अाफ्नाे देश अाफ्नाे घरपरिवार,अाफ्नाे समाज,अनि अाफु जन्मेकाे माटाे।त्यति माया हुदाहुदै पनि अाज किन हामी परदेशिन बाध्य छाैँ?किन अाजकाे बिकशित २१ अाैँ शताब्दिमा पनि हामी नेपाली कामको खाजिमा परदेशिन परेकाे हाेला है?अाखिर के हामी नेपाली भएर जन्मनु नै ठुलाे भुल हाेर ?किन हामी पनि अाफ्नाे देशमा काम गरि बस्ने खाने बाताबरण सिर्जना हुन नसकेको हाेला है?याे प्रश्न स्वयं म अाफैलाई अनि हामीहरूलाई र देश सँञ्चालन गर्छु देश बिकाश गर्छु भन्दै भुक्ने टाउकेहरूलाई साेध्न चाहन्छु।
जब एउटा नेपालीको छाेरा १६,१७ बर्षकाे हुन्छ ।तब उसलाई घरपरिवारबाट बिदेश जान ,लाहुरे हुन बाध्य पारिन्छ ।त्यस्तै बाध्यताकाे चपेटामा म र हामी नेपाली धेरै परेका छाैँ।अाखिर के रहेछत परदेश ,अनि यहाँ के छ त त्यस्ताे कुरा ।यथार्थमा भन्नुपर्दा बिदेश एउटा जीवन गुजारा गर्ने परिवार पाल्ने र धेरै परिश्रम ,मेहनत पछि पाउने एउटा सानाेतिनाे खुसी हाे।जसले हामीलाई सामान्य जिविका पार्जन गर्न सिकाउछ।र साच्चै भन्नुपर्दा त कसैकसै दाजुभाइलाई त्यही सानाे खुसि पाउने अाशमा जिवननै बरबाद पनि पारेकाे छ।याे परदेशले ।
हाम्रो देशमा हुनेखाने भन्दापनि हुदाखानेहरू धेरै भएकाे देश हाे ।जसकाे कारण धेरै जसाे नेपाली दाजुभाइ ,दिदीबहिनीहरू बाध्यताकाे चपेटामा परेर पनि बिदेशीन परेकाे छ।र घरकाे अलि जेठाे छाेराे भयाे भने त झन् पढ्न ,लेख्न मन हुदाहुदै पनि परदेशिन बाध्य हुन्छ नेपालमा ।एउटा उखाननै छनि “धनिकाे जेठाे छाेराे हुुनु ,गरिबकाे कान्छाे छाेराे “याे उखानले हाम्राे समाजमा धेरै महत्त्व राख्छ।यसकाे चपेटामा म अाफु पनि परेको छु।म पनि एउटा मध्यम परिवारकाे जेठो छाेराे हुँ।र मैले पनि परदेश पिडा भाेगेकाे छु।युरोप ,एसिया ,साउथ अमेरिका सबैतिरकाे दुख स्वयं अाफैले भाेगेकाे छु।अनि कहिलेकाही साेच्छु ,नेपाली भएर जन्मनु अनि त्यहिमाथि मध्यम परिवारमा जन्मनुनै बेकार रहेछ जस्ताे ।
तर जे जस्ताे भएटा पनि सबैकाे चाहना हुन्छ अाफ्नाे देशमा केही नभएपछि परदेश जाने अनि अाफ्नाे परिवारकाे उन्नति गर्ने ,प्रगति गर्ने ,तर भनेजस्तो कहा हुन्छ र,परदेश।धेरै जसाे हामी परदेेशिनु बाध्यता हाे।हाेला काेहि एकाध बाध्यता नभएता पनि परदेशिएका हाेलान ,तर अाम नेपालीको हकमा बाध्यता छ।र त भन्न मन लाग्छ।”बाध्यताले दाेराएर परदेशिएकाे हजुर “परदेशि बन्न कसलाईपाे रहर हुन्छ हाेला र ,बिदेशमा गालि गलाैज खादै काम गर्नु कसलाई पाे रहर हुन्छ हाेला र मानिस भएर पनि पशु सरह परदेशि जीवन बिताउन कस्लाई पाे रहर हुन्छ र ,याे सबै बाध्यता हाे । साच्चि घरको माया कसलाई हुन्न र ,अाफ्नाे अामाबाबा ,श्रीमती ,दाजुभाई,ईष्टमित्र छाेडेर अर्काकाे देश ,अर्काकाे काम गर्न कसलाई रहर हाेला र ।सायद यहि त हाे बाध्यता ।
हाेईन यसाे भन्दै गर्दा मैले परदेशमा काम गर्नै हुन्न भन्न खाेजेकाे पनि हाेईन ,मैले यति मात्र भन्न खाेजेकाे हुँ ।अाखिर हामी नेपाली कहिले सम्म अर्काकाे देशमा काम गर्ने?के हामी अर्काकाे देशमा मात्र काम गर्न जन्मेका हाैँ र ,के हामीले पनि अाफ्नाे देश बिकास गरि अाफ्नाे देशमा केही गर्न सक्दैनौं त।यहि कुरा अाम नेपालीमा गर्न चाहन्छु।
थाहा छ रेमिट्यान्सले चलेकाे हाम्रो देश बिदेशमा हामी काम नगरे कसरी चल्ला र तरपनि बिदेशी दाजुभाइकाे पसिनाबाट अाएकाे रेमिट्यान्स किन सहि ठाँउमा बिकाश गर्न सक्दैन्।किन भष्टाचार हुन्छ ।याे प्रश्न पनि म नेपाल बनाउने ठेक्का लिएका ,सबै बुझेको छु भन्ने ठान्ने भ्रष्टाचारि नेतालाई साेध्न चाहन्छु।लेख्न त धेरै नै बाकि छ,तरपनि देशदेखि परदेश सम्मकाे एउटा कथालाई यहि बिट मार्न चाहन्छु ।र फेरि अन्त्यमा एउटै कुरा भन्छु।कहिले हाम्राे देशमा बिकाश हुनेछ ?कहिले ,अाखिर कहिले?