Advertisement
SKIP THIS

सिंगापुरमा ट्रम्प र किम जंगउनवीच शिखर वार्ता जारी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जंग उनवीच आज जुन १२ तारिख मंगलबार सिंगापरमा ऐतिहासिक शिखर वार्ता जारी रहेको छ । सेन्टोसा टापु स्थित क्याफेला होटलमा स्थानिय समय अनुसार विहान ९ बजे दुई नेता भेटेका थिए ।

विश्व शान्तिको लागि महत्वपुर्ण रुपमा हेरिएको यो वार्ता ७० वर्षपछि पहिलो पटक भएको हो । विगत लामो समय कडा टकराववीच कटुतामा रहेका परमाणु शक्तिशाली दुवै देशवीचको यो पहिलो शिखर वार्ता हो । गम्भीर मुद्रामा दुई विपरीत दिशाबाट आएका ट्रम्प र किमजंगले पहिलो पटक १२.५ सेकेन्डसम्म हात मिलाएका थिए । मुस्कुराउदै दुवै नेता केठातर्फ लागेका थिए ।

कोठामा दुई कुर्सीमा बसेपछि संचारमाध्यमसंग बोल्दै किमजंगले विगतमा खुट्टा बाँधिए जस्तै अवस्थामा रहेका हामी दुई यहासम्म आइपुग्न पनि सजिलो नभएको प्रतिक्रिया दिएका थिए । अब सबै राम्रो हुने आशा पुर्ण अभिव्यक्ति ट्रम्पले दिएका थिए ।

त्यसपछि आ आप्mना भाषा अनुवादक लिएर दुवै जना नेताहरु वान टु वान वार्तामा बसेका थिए । ४० मिनट बस्ने भनिएता पनि १० मिनट अघिनै वार्ता सकाएर बाहिर निस्केका थिए । बाहिर बरन्डामा निस्केर दुवै जनाले प्रसन्न मुद्रामा हाँस्दै हात हल्लाउदै अभिनन्दन गरेका थिए ।

हाल दुई मुख्य नेता सहित अन्य पदाधिकारी र अनुवादक गरी पाँच पाँच जनाको टोली टेवल वार्तामा बसीरहेका छन् । आज दिनभरमा वार्ता सकाउने आशा गरिएको छ ।

वार्ताको लागि दुई दिन अघि नै जुन १० तारिख दुवै नेताहरु सिंगापुर पुगेका थिए । पहिला सिंगापुर पुगेका किमजंग उन तीन वाटा विमान सहित सिंगापुरमा उत्रिएका थिए । तर कुन विमानमा किमजंग छन शुरुमा सार्वजनिक गरिएको थिएन । तीन मध्ये एउटा कार्गो विमानमा लेमुजिन कार लगेका थिए । भने उत्तर कोरियाको निजि विमानमा किमजंगको दहिने हात बहिनी थिए भने अर्को चाइना एरमा किमजंग बसेको जानकारी पछी सार्वजनिक भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...