कियाचु बुसान साखाले सेल्टर स्थापनार्थ सांस्कृतिक तथा डान्स पार्टी गर्ने
बुसान
दक्षिण कोरियाको किरात याक्थुङ चुम्लुङ बुसान शाखाले आगामी अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ ।
किरात याक्थुङ चुम्लुङ बुसान साखा ख्याङसाङनाम्दो दक्षिण कोरियाले हिजो गत आईतवार अध्यक्ष किरण कन्दङ्वाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो । शाखाले संचालन गर्न लागेको आबसिय गृह (सेल्टर) को आर्थिक सहयोगको लागि सो कार्यक्रम गर्न लागेको हो ।
साखालाई अझ सक्रिय बनाउन कार्यसमितिमा केही हेरफेर गरिएको छ । जस्मा बिशेष सल्लाहकारमा सुदिप वनेम, सल्लाहकारमा कल्पना कन्दङ्वा, उपाध्यक्षमा सुन्दर गाउले नियुक्त गरिएको छ । त्यस्तै सदस्यहरुमा याम एक्तेन, सुलोचना जबेगु, मनि कुमार चेम्जोङ, ललित लिङ्दम, प्रदिप कन्दङ्वा, मित्र कन्दङ्वा, अर्जुन सुब्बा, र दिपेन पहाङो थप कार्यसमितिमा चयन हुनुभएको हो ।
साथै कोरियाको कार्यअवधी सकेर नेपाल फर्कन लागेको राजेन्द्र इस्बोलाई
सस्थाको तर्फबाट कार्यक्रम गरि बिदाई तथा सम्मान गरिएको छ ।
कोरियाको गर्मी बिदाको अवसर पारेर गर्न लागेको हो । कार्यक्रमले कोरिको दक्षिणी भु(भागमा रहेका सम्पुर्ण समुदायलाई भावानात्मक रुपमा एकजुट हुने अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएका छन् ।
साथै नयाँ नेतृत्व र आगामी दिनमा हुने किरात याक्थुङ चुम्लुङ बुसानको कार्य नीति तया गरिने भएकाले सम्पुर्णलाई सहभागिताको आयोजकले आग्रह गरेका छन् ।