काठमाडौं, गजलकार आङ ङिमा शेर्पा कुङ्गाको गजल एल्बम – सगुन सेर्पा म्युजिक वल्र्डबाट सार्बजनिक भएको छ । एल्बम भित्रको ‘आज पनि’ बोलको गजल लोकप्रिय गायक मिङ्ग्मा शेर्पाले गाएका छ्न जसको भिडियो सार्बजनिक गरे लगतै चर्चा बटुल्न सफल भएको छ ।
यो गीतको भिडियो निर्देशन गजलकार स्वयम् आङ ङिमाले गरेका छन । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापाको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । रविन्द्र बरालले छायाँकन गरेको गीतको भिडियोमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ । सगुन एल्बम भित्र रामकृष्ण ढकाल , शिव परियार , मिङमा शेर्पा , मेलिना राई र सोनाम शेर्पाले गीत गाएका छन ।
हेर्नुहोस् भिडियो ः