काेरियाली चाड छुसकमा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रमकाे अायाेजना गर्ने।
हरेक बर्ष जस्तै यस बर्षकाे काेरियाली महान चाड छुसकमा पनि नेपाली संघ संस्थाहरूले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने भएका छन्। बिगतका समयमा जस्तै यस बर्ष पनि नेपाली सम्पर्क समिति दक्षिण काेरियाले एक कार्यक्रमकाे अायाेजना गरि सांस्कृतिक कार्यक्रम बाडफाड गरेकाेहाे। अाइतबार साैलकाे नेपाल हाउसमा अायाेजित कार्यक्रममा ३ वटा संस्थाले सांस्कृतिक कार्यक्रम गर्न अनुमति पाएका छन्।
अाउदाे सेप्ट्रेम्बर महिनाकाे २३ तारिख राप्ति समाजले सांस्कृतिक कार्यक्रम अायाेजना गर्ने अनुमति पाएका छन् । २४ तारिख नेपाल मगर संघले एक कार्यक्रम अायाेजना गर्ने भएकाे छ भने २४ तारिख नै अर्काे एक कार्यक्रम धादिङ सेवा समाज र काभ्रे सम्पर्क समितिले संयुक्त रूपमा अायाेजना गर्ने भएका छन्।
नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीकाे अध्यक्षता काेरियाका लागी श्रम काउन्सेलर डिल्लीराम बास्ताेला प्रमुख अतिथि रहेका थिए भने बिभिन्न संघ संस्थाहरूकाे प्रमुख तथा प्रतिनिधिहरू बिशेष अतिथि रहेका थिए। एन सि सिका सचिब सुन्दर पन्थीले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष श्री श्रेष्ठले मन्तब्यले स्वागत गरेका थिए।
दाेश्राे चरणकाे सांस्कृतिक बाडफाड कार्यक्रममा एन सि सि कै पदाधिकारीहरू अध्यक्ष अन्जु केसी, उपाध्यक्ष श्री श्रेष्ठ,सचिब सुन्दर पन्थी,काेषाध्यक्ष राज कुमार स्याङतान,सह काेषाध्यक्ष प्रेम कुमार बस्नेत,सदस्य प्रमिला सिम्खदा र सदस्य सराेज केसी निर्णायक मण्डलमा रहेका थिए। सांस्कृतिक कार्यक्रम गर्नकाे लागी नेपाल मगर संघ,राप्ती समाज, खाेटाङ सेवा समाज र धादिङ सेवा समाज तथा काभ्रे सम्पर्क समितिले निबेदन दिएका थिए । एन सि सिले ४ वटै संस्थालाइ सांस्कृतिक कार्यक्रम अायाेजना गर्न अनुमति दिनका लागी बृहत छलफल गरेता पनि राप्ती समाजले पनि २३ तारिख र खाेटाङ सेवा समाजले पनि २३ तारिख नै कार्यक्रम गर्ने मिति दाबि गरेकाे थियाे। जुधेर कार्यक्रम नगर्ने भन्दै खाेटाङ सेवा समाजले निबेदन फिर्ता लिएकाे थियाे।
कार्यक्रम गर्न अनुमति पाएका संस्थालाइ सफलताकाे शुभकामना सहित उपस्थित सम्पुर्ण महानुभावहरूलाइ समितिका अध्यक्ष अन्जु केसीले धन्यबाद प्रदान गरेकी थिइन्।