नेपाल मगर संघ काेरियाद्वारा सांस्कृतिक कार्यक्रम गर्नका लागि अाभार सहित बिशेष धन्यबाद प्रदान ।
नेपाल मगर संघ काेरियाले छुसक सांगितिक धमका २०१८ काे अायाेजना गर्ने भएकाेछ। नेपाल मगर संघ काेरियाले छैठाैं श्रृखलाकाे रूपमा बिशेष सांस्कृतिक कार्यक्रम गर्न लागेकाे हाे। अाइतबार नेपाली सम्पर्क समिति काेरियाले साैलमा सांस्कृतिक बांडफाड कार्यक्रमकाे अायाेजना गरि उक्त कार्यक्रम गर्ने अनुमति सहित अवसर प्रदान गरेकाे हाे। नेपाल मगर संघ काेरियाका अध्यक्ष खड्ग थापाले उक्त अवसर प्रदान गर्ने जातिय संस्थाहरू, नेपाल अादिवासी जनजाति महासंघ क्षेत्रीय संस्थाहरू तथा साझा संस्था नेपाली सम्पर्क समिति काेरियालाइ अाभार सहित बिशेष धन्यबाद प्रकट गरेकाछन्।
नेपाल मगर संघले २०११ मा रमाइलाे सांगीतिक साैगात भाग ४, २०१४ मा तेरिया विथ नेपथ्य कन्सर्ट भब्यताका साथ सफल पारिसकेकाेछ। यस पटक छुसक सांगितिक धमका २०१८ काे नाम बाट बेजाेड सांगितिक कार्यक्रम गर्ने तयारी गरेकाेछ। जसका लागी मुल अायाेजक समिति, सचिबालय, बिभिन्न बिभागिय उपसमितिहरू गठन, हल ब्यवस्थापन, कलाकार छनाैट लगायतकाे तयारी तिब्र पारेकाे कुरा संघका अध्यक्ष थापाले जानकारी दिए।
काेरियामा रहेका सम्पुर्ण जातिय संस्था, क्षेत्रिय संस्था, राजनितिक भातृ संस्था, ब्यवसाहि,बुद्दिजिबि, बिध्यार्थी समाजसेबि तथा नेपाली दाजुभाइ दिदी बहिनीहरूलाइ अा अाफ्नाे क्षेत्रबाट भाैतिक अार्थिक नैतिक सहयाेग गरिदिनु हुन पनि संघले हार्दिक अनुराेध गरेकाेछ।
छुसक सांगितिक धमका २०१८ ,सेम्टेम्बर २४।साैल