कोरिया आउने बिदेशीहरु मर्सका कारण भ्रमण रद्द गर्दै
निश्चल काउचा
सोल – दक्षिण कोरियामा महामारीको रुपमा फैलिरहेको मिडिल इस्ट रेस्पिरेटोरी (मर्स) का कारण बिदेशीहरुले आफ्नो भ्रमण रद्द गर्नेको संख्या बढेको छ | दक्षिण कोरियाली अधिकारीहरुका अनुसार आईतबारसम्म मर्सवाट मृत्यु हुनेको संख्या २५ पुगेको छ | संक्रमितको संख्या १ सय ६९ पुगेको छ |
कोरिया पर्यटन अर्गनाईजेशन (KTO) को अनुसार बिहिबार मात्र १८ सय ७९ विदेशी यात्रुहरुले आफ्नो भ्रमण रद्द गरेका छन् | यसै गरि मङ्गलबार र बुधबार क्रमस ३७ सय १० र ४४ सय ७० जनाले भ्रमण रद्द गरेका छन् ।
जव कोरियामा जुन १ तारिखमा मर्सवाट पहिलो मृत्युको खबर आयो | त्यस पछि बिहिबारसम्म १लाख २३ हजार ३९० जना विदेशीहरूले भ्रमण रद्द गरि सकेका छन् |
एक ट्राभल एजेन्सी अधिकारीका अनुसार गत बर्षको जुन महिनामा १ करोड २६ लाख विदेशीहरूले दक्षिण कोरियाको भ्रमण गरेका थिए |