कियाचु बुसान शाखाले सांस्कृतिक तथा डान्स पार्टी अायाेजना गर्ने।
चिन्तित कन्दङ्वा लिम्बु – बुसान कोरिया
किरात याक्थुङ चुम्लुङ बुसान साखाले यहि आउदो अगस्ट ४ तारिख सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएकाेछ।
“हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ बुसान साखाले अाइतबार पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रम सम्पन्न गरेकाेछ। किम्हेको लिटल इन्डिया रेस्टुरेन्टमा विभिन्न संघ-सस्था, कलाकार लगायत साजसेबी बुद्दिजिबीहरुको उपस्थितिमा सल्लाह सुझाब अनि सहयोगको अपेक्षा राख्दै पत्रकार सम्मेलन साथै भेटघाट कार्यक्रम सम्पन्न गरेको हाे।
आबसिय गृह (सेल्टर) सन्चालन गर्ने उद्देश्य राखेर कियाचु बुसान शाखाले कोरियाको गर्मी बिदाको अबसरमा सांस्कृतिक तथा डान्स पार्टी कार्यक्रम आयोजना गर्न लागेको हो । कोरियामा रहेका बिभिन्न पेशा संघ-सस्था र क्षेत्रमा आबद्ध रहनु भएका सबै समुदायहरुलाई सहयोगको अपेक्षा सहित कार्यक्रममा सहभागी हुन संस्थाले आह्वान गरेकाेछ। उक्त कार्यक्रमले दक्षिण कोरियाको दक्षिणी भु-भागमा रहेका सम्पुर्ण समुदायलाई भावानात्मक रुपमा एकजुट हुने अवसर प्रदान गर्ने विस्वास गरिएको कुरा सस्थाका अध्यक्ष किरण कन्दङ्वाले जनाएका छन्।
भेटघाट कार्यक्रममा एन आर एन बुसान, तामाङ समाज बुसान, नेपाल मगर संघ किम्हे, किरात राई यायोखा बुसान, गुरुङ समाज गजेदो न्यु भिजन ग्रुप किम्हे र इतर आवाज साहित्यिक समाज साथै विभिन्न संघ- सस्थाहरुको बाक्लो उपस्थिती रहेकाे थियाे।
कोरियामा रहेका बिभिन्न क्षेत्रलाई सहज बनाउने उद्देश्यले कार्यक्रमको लागि दक्षिणी सबै क्षेत्रमा प्रतिनिधि ब्यबस्थापन गरिएको छ । जस्को लागि सरोज चेम्जोङ – 01040512646 राज कुमारी तामाङ – 01040743703 थेगु, डोल्मा तामाङ -01088574480- वाईगान, दिलिप थापा – 01029766024 मिर्याङ, डम्बर सुब्बा – 01064674255 नाम्जी, चित्र आङ्देङ्बे – 010-8692-5585 मासान, सबिन लिम्बु 010-21899010 गजेदो, उमेश ठुले राई – 01087138606 जिन्यङ, मेनुका राई- 01024918953 याङ्सान, अर्जुन सुब्बा 01064994095 सासङ, कल्पना कन्दङ्वा- 01044586686 प्रतिमा आले – 01040392430 बुसान, र बिक्रम नेम्बाङ – 01076964223 किम्हे रहेको छ ।
कार्यक्रमको प्रायोजक लुम्बिनी रेस्टुरेन्टले गरेको छ भने मिडिया पार्ट्नरमा फोनिज कोरिया डट नेट , नमस्ते नेपाल डट नेट ,रेडियो अनलाईन गोर्काली र नया अनलाईन डट कम रहेका छन् । किरात याक्थुङ चुम्लुङ बुसान दक्षिण कोरियाको स्थापना सन् २०१७ मा भएको थियो । संघले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका विभिन्न संघसंस्थाहरुसंग हातेमालो र सहकार्य गरी सामाजिक कार्य गर्दै आईरहेकाे छ। साथै सहभागी संस्थाहरुले पनि आउदो दिनमा अझ सक्रिय रुपमा सहकार्य गर्दै अगाडी बढने प्रतिबद्दता जनाएका थिए ।