काेरियामा बुद्द प्रतिमा स्थापना अभियानले अार्थिक बिबरण सार्बजनिक गर्याे।
बुद्द प्रतिमा स्थापना अभियान सचिवालय समितिले बुद्द प्रतिमा स्थापना गर्नकाे लागि २०१८ जनवरि देखि मे महिना सम्म चालिएकाे अार्थिक अभियानकाे सम्पुर्ण अार्थिक बिबरण सार्वजनिक गरेकाेछ। गत अाइतबार साैलमा अभियानकी संयाेजक अन्जु केसीकाे अध्यक्षतामा बसेकाे सचिबालय बैठकमा अभियानका अार्थिक संयाेजक भक्त शेरचनले अार्थिक बिबरण प्रस्तुत गरेका हुन्।
जस अनुसार अभियानकाे लागि
कुल अाम्दानी ५५२३९५४१ वन
कुल खर्च ४४१६५१६५ वन
कुल बचत ११०७४३७६ वन
बाेलेकाे रकम उठ्न बाकी ६९७०००० वन
काेषमा नगद ४१०४३७६ वन रहेकाे छ।
बाेलेकाे रकम लाइ यहि जुलाइ २० तारिख सम्म बुझाइदिनु हुन सचिबालयले अनुराेध गरेकाेछ।त्यस पछि बाेलेर नदिने संस्था ब्यक्तिकाे नाम सार्बजनिक गरिने तथा शिलालेखमा नलेखिने संयाेजक केसीले बताइन्। ५०००० वन देखि माथी सहयाेग गर्ने सम्पुर्ण दाताहरूकाे नामावलि वाउछङ्सा गुम्वामा राखिने हुनाले छिटाे रकम बुझाइदिनु हुन पनि केसीले अनुराेध गरेकी छिन्।
याेङगीन स्थित गुम्बामा केहि काम सम्पन्न गर्न अझै बाकी छ।ती काम सम्पन्न गर्न लाग्ने खर्च यहि बचत भएकाे रकम बाट खर्च गरिनेछ। बाकी काम हरू, गुम्बामा रहेकाे गजुरमा अाँखाकाे चित्र काेर्न, सम्पुर्ण सहयाेग दाताहरूकाे नामावलि ताम्रपत्र वा शिलालेखमा लेख्न बाकी।नेपाल चिनाउने केहि चित्र तस्बिरहरू खरिद गरेर राख्ने, सम्पुर्ण सहयाेगी दाताहरूलाइ एक कार्यक्रमकाे अायाेजना गरि सम्मान गरिने लगाएतका बिबिध कार्यहरू अझै बाकी रहेकाे केसीले बताइन्।
नेपाली सम्पर्क समिति काेरियाकाे संयाेजन,नेपाल बाैद्द परिवारकाे सहकार्य तथा नेपाली दुताबासकाे संरक्षकत्वमा गत मे २० तारिख वाउछङ्सा गुम्बामा नेपाल देखि बुद्दकाे प्रतिमा खरिद गरि स्थापना गरिएकाेछ। बुद्द प्रतिमा राख्ने सानाे स्तुमा निर्माण गर्नकाे लागि वाउछङ्सा गुम्बाले ५ कराेड वन भन्दा बढि खर्च गरेकाे छ।
बुद्द प्रतिमा स्थापना गर्ने अभियानमा अार्थिक भाैतिक र नैतिक रूपमा सहयाेग गर्ने सम्पुर्ण महानुभावहरू संस्थाहरू सबैलाइ अभियानकी संयाेजक अन्जु केसिले बिशेष धन्यबाद प्रकट गरेकि छिन्।
यहि जुलाइ २० तारिख पछि सम्पुर्ण अाम्दानी खर्चकाे डिटेल बिबरण अनलाइन न्यूज मार्फत नै सार्बजनिक गरिने सचिबालयले जनाएकाे छ।