कास्की परिवार दक्षिण काेरियाले अायाेजना गर्ने बृहत भेलाकाे तयारी पुरा।
कास्की परिवार दक्षिण कोरियाले जुलाई २२ मा अायाेजना गर्ने बृहत कस्केली भेलाको तयारी पुरा भएको छ। संगठित समुह नै प्रदेश को सहारा हो भन्ने मुल नारा लिइ आपसी सहयोग सद्भाव तथा भाइचारा बढाउने उद्देश्यका साथ २००८ मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका दिनमा बृहत् भेला गर्ने निर्णय गरेको थियो।
कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेलाले आगामी कार्यदिशा तय गर्ने छ साथै संस्थाका पदाधिकारी हरुको कार्य अबधी समाप्तीका कारण धेरै पदहरु रिक्त रहन गएका र वर्तमान कार्यसमितिको कार्यकाल समेत धेरै बाकी नरहेको कारण उक्त भेलाले पदपूर्ति गर्ने अथवा नया कार्यसमिति को चयन गर्ने भन्ने बिषयमा समेत छलफल गर्ने छ।
कोरियामा क्रियासिल रहेका विभिन्न नेपाली संघ सस्था हरु सङ हातेमालो गर्दै कोरिया तथा नेपालमा समेत समय समयमा आर्थिक सामाजिक सहयोग गर्दै आइरहेको तथा कोरिया मै विविध सांस्कृतिक कार्यक्रम खेलकुद कार्यक्रम को आयोजना गर्दै तथा अन्य नेपाली संघ सस्था ले आयोजना गरेको कार्यक्रम हरुमा सहभागी हुँदै आइरहेको सस्थाका अध्यक्ष ले जानकारी गराए।भोलिका दिनहरुमा समेत कास्की परिवार आवश्यक परेको ठाँउमा परिस्थिति अनुसार सक्दो सहयोग गर्ने जानकारी गराउदै कास्कीका अध्यक्ष पासाले समस्त कोरियावासी कस्केली दाजुभाइ दिदीबहिनीको साथ र सहयोगमा मात्रै सस्थाले प्रगति गर्न सक्ने तथा सस्थाका काम कामकारबाही प्रभावकारी हुने हुदा, बृहत भेलामा उपस्थित भै आफ्ना महत्त्वपूर्ण सल्लाह सुझाव दिनु हुन तथा संस्था प्रती ऎक्यबद्धता जाहेर गरि दिनु हुन अनुरोध गरेका छन्।
हाल कास्की परिवारको फूटबल तथा भलिबल खेलका मुख्य खेलाडीहरु कार्याबधी सम्पन्न भै नेपाल गएकाे कुरा कास्की परिवारका खेल संयोजक दल बहादुर गुरुङ्गले बताए। कुशल खेलाडीहरुको अभावमा राम्रो खेल प्रदर्शन गर्न नसकिएको हुदा कोरियामा नेपाली संघ सस्था हरुले आयोजना गर्दै आएका खेलहरुमा सहभागिता जनाउन नसकिएको जानकारी गराउदै बृहत भेला मा कास्कीबाट रोजगार ब्यापार तथा अध्ययनको लागि कोरिया आउनु भएका फूटबल र भलिबल खेलमा रुचि तथा दख्खल कास्केली दाजुभाइ दिदिबहिनीहरु सङ विशेष छलफल गरि कास्की परिवारको सशक्त फूटबल तथा भलिबल टिम बनाउने जानकारी गराउनु भयो।
गुरुङले उक्त भेलामा कास्कीका खेल प्रेमी खेलाडी तथा खेल्ने कला र इच्छा भएका कस्केली हरुको उल्लेखनीय सहभागिता हुने बिश्वास लिएका छन्। उक्त कार्यक्रममा नै आफ्नो अबधी समाप्त भै नेपाल जान लाग्नु भएका संस्थाका सल्लाहकार बालकृष्ण त्रिपाठी, उपाध्यक्ष गोबिन्द बराल ,कोषाध्यक्ष राजगोपाल सापकोटा लगाएतलाई बिदाई गर्ने कार्यक्रम पनि रहेको छ ।
कार्यक्रम नेपाल हाउस सौल मा हुने छ।
कार्यक्रम सम्बन्धि जानकारी
मिति —-२०१८/७/२२ आइतबार
समय___दिनको ठिक १२ बजे
स्थान —-नेपाल हाउस तोङ्देमुन सौल