काेरियामा २४अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवस मनाइने।
नेपाल अादिवासी जनजाति महासंघ काेरियाले २४ अाैं अन्तराष्ट्रिय बिश्व अादिवासी दिवश मनाउने भएकाेछ। बिश्वभरका अादिवासि जनजाति हरूले हरेक बर्षकाे अगस्त ९ तारिखलाइ बिश्व अादिवासी दिवशकाे रूपमा मनाउने गर्दछन्। काेरियामा रहेका नेपाली अादिबासी जनजातिहरूले पनि यहाँकाे समय र परिस्थितिलाइ मध्य नजर गर्दै यहि अाउदाे अगस्त ५ तारिख अाइतबारकाे दिन बिश्व अादिवासी दिवश मनाउन गइरहेकाे कुरा नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाका कार्यबाहक अध्यक्ष मल्लिका थकालीले बताएकी छिन्।
सन २००८ मा स्थापना भएकाे नेपाल अादिवासी जनजाति महासंघ गणतन्त्र काेरियाले हरेक बर्ष बिश्व अादिवासी दिवश मनाउदै अाइरहेकाेछ। अाफ्नाे भाषा, संस्कृति, पहिचान,हक हित र अधिकारका लागि अावाज उठाउदै अाएकाे महासंघले यस बर्ष पनि काेरियामा भएका नेपाली अादिवासी जनजाति बिचमा बिश्व अादिवासि दिबस मनाउन लागेकाे हाे।
काेरियामा जनजाति महासंघ संग अावद्द जातिय संस्थाहरूकाे जातिय पाेशाक र अाफ्नाे कला संस्कृति झल्किने सांस्कृतिक झाँकी पनि प्रदर्शन गरिनेछ। उक्त दिवशका दिन काेरियामा कार्यरत सम्पुर्ण संघ संस्थाका पदाधिकारी, ब्यवसाही ,समाजसेबि , पत्रकार, बिध्यार्थी लगायत सम्पुर्ण महानुभावहरूलाइ कार्यक्रममा उपस्थित भइ शाेभा बढाइ दिनु हुन महासंघले हार्दिक अनुराेध गरेकाेछ।
कार्यक्रम हुने मिति २०१८ अगस्त ५ तारिख अाइतबार
समय दिनकाे १२ बजे
स्थान जाेङराे कुमिन ह्वेग्वान तुन्देमुन,
जाने तरिका १ नं. ट्रेन लाइन तुन्देमुन ३ नं. गेट बाट निस्केर ३ मिनेट सिधा अगाडि
सम्पर्क मल्लिका थकाली ०१०९९७२१९२६