कोरिया बसेर गएका दाजुभाइले गरे यस्तो प्रगति
जसरी कोरियामा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दैछ त्यसरी नै विभिन्न प्रगति र उन्नतीका कुराहरु पनि बढ्दैछन् र सुनिदैछन् । यस्ता प्रगति र उन्नतीका उदाहरणहरुले केही गरौं भन्नेहरुको लागी ठुलो हौसला दिन र अघि बढ्न राम्रै सहयोग गर्ने पनि देखिन्छ । त्यसो त मुखले भनेको कोरिया र कामले भोगेको कोरियामा भने धेरै फरक पाईन्छ अनि गरेर देखाउन त्यती नै मेहनत पनि चाहिन्छ। गर्दै भन्दै जाँदा जे जस्ता समस्या र अप्ठ्याराहरु आएता पनि खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै गर्ने मान्छेलाइ पक्कै पनि केहीले रोग्दैन । त्यस्तै (त्यस्तै भएर पनि होला, आजभोली ईपियस भाषा पासगरी कोरिया आएका धेरै नेपालीहरुले साँच्चै राम्रा र उदाहरणिय कामहरु गरेको देख्न थालिएको छ । यस्ता धेरै उदाहरणहरु मध्येको एक उदाहरण हुन् पोखराका दुई दाजुभाई ।
ईपियस भाषा पास गरी आज भन्दा करिब ७ बर्ष अगाडी दक्षिण कोरियाको दक्षिण भागमा अवस्थित किम्हे शहर नजिकै रहेको मिर्याङ भन्ने ठाउँमा पोखरा निवासी सुमन थापा र निशान्त थापा दुई दाजुभाईले आफ्नो कर्मथलो बनाएका थिए । यि दाजुभाई जसले आफ्नो कार्यस्थलको समयमा काम गरी बाँकी बचेको समयको सदुपयोग गर्दै कोरियन भाषा अध्ययन गरेका थिए । मेहनतको फल राम्रो नै हुन्छ भने झैं दुवै जनाले एकै साथ चौथो तहको कोरियन भाषा तह पास गर्न सफल भए । आफ्नो ५ बर्षे कार्यकाल सफलता पुर्वक संगै विताएका दुई दाजुभाइले कोरियामा सिकेको ज्ञान र अनुभवलाई आफ्नै ठाउँमा प्रयोग गर्ने निष्कर्षमा पुगे फलस्वरूप पोखरा महेन्द्र पुलमा एक कोरियन भाषा सेन्टरको स्थापना गरे। एक अनुभवी ब्यक्ती मिनराज तिमिल्सिनासंग मिलेर दुई दाजुभाई सुमन र निशान्तले पोखरा महेन्द्र पुलमा स्थापना गरेको “ कनेक्टिङ वल्ड एजुकेशन कोरियन भाषा सेन्टर” अहिले धेरै चर्चामा रहेको छ जहाँ दुई दाजुभाई संगै नै व्यस्त रहेकाछन् ।
हुन त नेपालमा सबै भन्दा बढी कोरियन भाषा अध्ययन गराउने भाषा सेन्टरहरु भएको शहर भनेर पोखरालाई भन्ने पनि गरिन्छ जहाँ नाम चलेका अन्य भाषा सेन्टरहरु पनि रहेकाछन । तर पनि यती धेरै भाषा केन्द्रहरु मध्ये यि दुई दाजुभाईले सन्चालनमा ल्याएको कनेक्टिङ वल्ड एजुकेशन कोरियन भाषा सेन्टर बढी नै चर्चामा रहेको देखिन्छ । स्थापना भएको छोटो अवधीमा नै यती चर्चामा रहेको उक्त भाषा सेन्टरले गत वर्ष ६४ प्रतिश त यो वर्ष ६२ प्रतिशत नतिजा दिएको छ । मिनराज तिमिल्सिना प्रवन्धक अनि दुई दाजुभाई शुमन थापा र निशान्त थापा संचालक तथा भाषा प्रशिक्षक रहेको उक्त भाषा केन्द्रको उत्कृष्ट पाठ्य सामाग्री , दक्ष तथा अनुभवी प्रशिक्षक,नियमित अभ्यास आदीका कारणले पनि अन्यको तुलनामा तारिफ योग्य छ । कोरियन गाइड, ईपियस भाषाको लागी प्रश्न/उत्तर संगालो, विशेष ईपियस अध्ययन पुस्तक यस भाषा केन्द्रबाट प्रकाशित पुस्तकहरु साँच्चै प्रभावकारी भएको धेरैको मुखबाट सुन्न थालिएको छ । नेपालका अन्य भाषा केन्द्रहरुमा पनि यहाँबाट छपाईएका कोरियन पुस्तक र सामाग्रीहरुको माग आउन थालेको छ । पास भएका विद्यार्थीहरुलाइ बधाई तथा सम्मान अनी अध्ययन गर्न आउने नयाँ विद्यार्थीहरुलाइ भर्ना तथा परामर्श दिने जस्ता कार्यक्रमले पनी आजभोली यो भाषा केन्द्रमा धेरै चहलपहल बढेको पाईएको छ ।
यसरी नेपालबाट ईपियस भाषा परिक्षा पासगरेर कोरिया आइ काम गरेर बचेको खाली समयको सदुपयोग गर्दै ४ तह सम्मको कोरियन भाषा पास गर्दै सफलताका साथ ५ बर्षिय समय अवधी विताउनु एक उदाहरणिय र महत्वपुर्ण काम हो । कोरियामा सिकेको ज्ञान र अनुभव नेपालमा प्रयोग गर्नु अर्को झनै महत्वपुर्ण र उदाहरणिय काम हो । यस्ता उदाहरणिय र प्रगतिको कामहरु एउटा क्षेत्रमा मात्र हैन हरेक क्षेत्रमा गरिनुपर्छ र देखिनुपर्छ । यस्ता जोसिला र अनुभवी मनहरुलाई सबैले सलाम भन्नै पर्छ, अझ प्रगति र उन्नतीको कामना दिनैपर्छ, प्रतेक नेपालीको अब यसरी ध्यान जानैपर्छ ।