प्रथम नेपाल भलिबल कपको टाईसिट सार्बजनिक
लेसन गुरुङ,
नेपाल कोरिया भलिबल संघको आयोजनामा जुलाई १९ तारिख सउलमा हुन लागेको प्रथम नेपाल भलिबल कप 2018 मैत्रीपुर्ण प्रतियोगिताको खेलतालिका (टाईसिट) सार्बजनिक गरिएको छ ।
संघको संयोजक भजिन्द्र क्षेत्रीको अध्यक्षतामा आइतबार दोइ०देमुनमा सम्पन्न बैठकले १८ टिमको नाम सहित खेलतालिका सार्वजनिक गरेको हो ।
कोरियन गर्मी विदाको अबसर पारेर आयोजना गर्न लागिएको “प्रथम नेपाल कप २०१८”मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पोल A बाट तनहुँ सम्पर्क समिति बीच स्याङ्जा परिवार, म्याग्दी मोना B बीच सिहङ्सी आनसान C, पुन समाज बीच गुल्मी सम्पर्क समिति,थेगु B बीच ठकुरी समाज भिड्नेछ भने आनसङ भलिबल टिम चाहिं बाई पाएर सिधै दोस्रो चरणमा प्रतिष्पर्धा गर्नेछ।
यसै गरि पोल B बाट म्याग्दी मोना A बीच आनसान A,विश्वकर्मा समाज बीच कास्की परिवार, बाग्लुङ् सम्पर्क समिति बीच तमू धीं कोरिया ,कालीगण्डकी ब्वाईज बीच आनसान B र थेगू A बाई पाएर सिधै दोस्रो चरणमा प्रवेश गरेका छन्।
अहिले सम्मकै सर्बाधिक पुरस्कार राशि राखिएको यस प्रतियोगितामा विजेतालाई नगद १५ लाख वन र उपविजेतालाई ११ लाख वन तोकिएको छ । त्यस्तै सेमिफाइनलिष्ट दुई टिमलाई क्रमशः नगद ४ लाखको पुरस्कार रहेको छ । साथै खेलाडीरुमा अन्य विधाहरु बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट लिफ्टर, बेष्ट ब्लकरको उपाधि समेत प्रदान गरिने छ ।
मिति :जुलाई 29,आईतबार 2018
समय:विहान 10:00 बजे देखि बेलुका 7:00 बजेसम्म
स्थान: 동대문 체육관
जाने तरिका: सौल मेट्रो लाईन नं 1 र 4 दोङ्देमुन स्टेशन गेट नं 4 बाट सिधा अगाडिबाट बस नं 2112,262,720 चढेर 동답한신 대림아파트 동대문구 체육관 बस स्टपमा झर्ने